यि हुन् २०७६मा देश हल्लाउने १० घटना

  • बैशाख १, २०७७
  • कालापानी मिडिया
alt

१ बैशाख, काठमाडौं ।
महरा प्रकरण
सभामुख पदमा बहाल रहँदा कृष्णबहादुर महराले संसद सचिवालयकै एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पदबाट राजीनामा दिन बाध्य भए। उनको कार्यशैली उनकै पाट्रीभित्रका समकक्षी नेताहरुले समेत मन पराएनन्। त्यसो त त्यो घटनालाई लिएर प्रतिपक्षी पाट्रीले राजनीतिक रंग दिन खाजेको आरोप पनि उठ्यो। महरा यसै मुद्दामा जोडिएर अन्ततः डिल्लीबजारस्थित चारखाल अड्डामा आरोपितको रुपमा अनुसन्धानको दायरामा रहे। केही समयपछि उनलाई सर्वोच्च अदालतले सफाया दियो।

यति समूह प्रकरण
यति समूहले गोकर्ण फरेस्ट रिसोर्टमा लिएको लिजको अवधि २५ वर्ष थप्ने मन्त्रिपरिषद्को निर्णयको सर्वत्र आलोचना र विरोध भयो। यतिलाई २५ बर्षसम्म लिजमा दिने चर्चाले ताप्लेजुङको पाथीभरामा एअर डाईनेष्टि हेलिकप्टरमा परेर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पा र उनका दाजु सोनाम शेर्पासँग ओलीको निकट सम्वन्ध रहेको देखायो। यसले पनि सरकारको ठूलै विरोध भयो।

गोकुल बाँस्कोटा काण्ड
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद र एजेन्टसँगको कमिसनको विषयमा सरकारका संञ्चारमन्त्री मुछिए। उक्त प्रेस खरिदको विषयमा रहेर गरिएको अडियो टेप बाहिरिएसंगै सञ्चारमन्त्री गोकुल बाष्कोटाको असली अनुहार सतहमा आयो। घटनाले सामाजिक सञ्जालमा सनसनी मच्चीन थालेपछि अन्ततः उनले पदबाट राजीनामा दिए। यस काण्डले ओली सरकारमाथि आमजनताको हेर्ने दुष्टिकोणमा परिवर्तन भयो।

मोहम्मद अफ्ताव आलम काण्ड
मोहम्मद अफ्ताव आलमसंग जोडिएको घटना पनि वर्ष २०७६ मा चर्चित रह्यो। २०६४ चैत २७ को साँझ ६ः१५ मा आलमको गाउँमा भएको बम विस्फोटमा घाईते भएकाहरुलाई अमानवीय तवरले ईट्टाभट्टामा हालेर मारेको विषयले व्यापकता पाएपछि उनलाई नियन्त्रणमा लिएर आवश्यक कारवार्ही अघि बढाईयो। यो मुद्दा व्युँत्याएको भन्दै प्रतिपक्षि नेपाली काँग्रेसले असन्तुष्टि समेत व्यक्त गरेको थियो।

सुनकाण्ड
सुनकाण्डले वर्षभरि जस्तो नै सञ्चारमाध्यममा खुराक पायो। जसको छानविनकोलागि जनस्तरबाट ठूलै दबाव गएपनि अपराधीको पहिचान हुननसक्दा जनस्तरमा सरकारप्रति व्याप्त निराशा घट्न सकेन्।

गुठी विधेयक
गुठी विधेयकका कारण वर्ष २०७६ मा राजधानीका सडक तात्यो। निरन्तरको दवाबको कारण अन्ततः सरकारले अघि सारेको गुठी विधेयक फिर्ता लियो। विषेशतः काठमाडौंमा रहेका रैथाने नेवार समुदायले गुठी विरोध पारित भएको खण्डमा उपत्यकामा परापूर्वकालदेखि चल्दै आएको जात्राको अस्तित्व समेत नरहने भन्दै असन्तोष स्वरुप आन्दोलन गरेपछि अन्ततः सरकार पछि हटेको थियो।

नेपाल भ्रमण वर्ष
नेपाल भ्रमण बर्ष तामझामका साथ टुडिखेलमा कार्यक्रम गरेर शुरुवात गरियो। तर भ्रमणवर्ष शुरु भएको केही समयमा नै कोरोनाको कारण विश्वमा असर पर्दै गएपछि अन्ततः भ्रमण वर्ष औपचारीक रुपमा नै स्थगीत गरियो।

१३ औं साग
दक्षिण एसियाली खेलकुद ९साग० को आयोजना गरेर नेपालले तारिफ बटुल्यो। नेपालले तेस्रो पटक १३ औं साग आयोजना भव्य रुपमा मात्र सम्पन्न गरेन्, ऐतिहासिक सफलता समेत हात पार्यो। मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा, ललितपुर र जनकपुरमा गरिएको खेलहरुमा नेपालको राष्ट्रिय झण्डा धेरैचोटी स्वर्ण पदककोलागि उचालियो। खेलमा नेपालले ५१ स्वर्ण ६० रजत र ९५ कांस्य गरी कूल दुई सय ६ पदक हात पार्यो।

कोरोना कहर
कोरोना भाइरसको कारण वर्ष २०७६ ज्यादा चर्चामा रह्यो। अन्य मुलुकमा यसले नराम्रो असर गरिसक्दा पनि नेपालमा यसको खासै असर देखिएको थिएन। तर चैत्र ४ गते फ्रान्सबाट कतारको राजधानी दोहा हुँदै काठमाडौं आएकी मैतीदेवी घरभएकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि सरकारले तत्काल लकडाउन गर्यो। उक्त लकडाउन अहिलेसम्म पनि जारी नै रहेको छ।

ओम्नी समूह कमिशन काण्ड
कोरोना भाइरसको कहर बढेसंगै सरकारले चीनबाट मेडिकल सामान खरिद गरि ल्याउने निर्णय गर्यो। उक्त सामान ल्याउने जिम्मा ‘नेपाल एजेन्ट ओम्नी समूह’संग गरियो। लगतै खरिद गरेर ल्याएको मेडिकल सामग्रीमाथि कमिशनको चर्चा चुलिदै गयो। खरिद गरेको सामानमा प्रश्न चिन्ह मात्र उठेन त्यसमा ठूलो कमिशनको गन्ध आएपछि चौतर्फी विरोध भयो। यसमा समेत स्वास्थ्य मन्त्रालयका पदाधिकारीको हचुवा निर्णय भन्दै जनस्तरबाट ठूलै विरोध भयो। अन्ततः सरकारले मेडिकल सामान प्रयोग नगर्ने भन्दै उक्त समूहसंगको सम्झौता रद्द गर्यो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved