अर्थमन्त्री ज्यु सुचना नलुकाउनुस् तपाई सनसिटि गएको प्रमाण भेटिएका छ । (भिडियो सहित)

  • बैशाख ३, २०७७
  • कालापानी मिडिया
alt

अनुपमा जोशी / पेप्सीकोलास्थित टाउन प्लानिङमा रहेको सन सिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुईजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि सबैको ध्यान तेतै गएको छ । किनकी, प्रधानमन्त्री केपी शर्मा ओलीले सामुहिकरुपमा जमघट नगर्न र घरभित्रै बस्न सम्वोधनमार्फत आग्रह गरेको भोलिपल्टै चैत ८ गते सनसिटी अपार्टमेन्टमा आन्तरिक समिति गठनका लागि निर्वाचन भएको थियो ।

करिब अढाइ सय मतदाता सहभागी निर्वाचनमा अर्थमन्त्रीका छोरा तिलक खतिवडा मतदाता मात्र थिएनन, सचिव पदमा उम्मेदरवारै बनेका थिए । जहाँ, अपार्टमेन्टका सयौं बासिन्दा चुनावमा सहभागी भएका थिए । र, त्यहाँ कोरोना संक्रमितले पनि मतदान गरेका थिए । संक्रमितहरुले धेरै दिनदेखि साझा लिफ्ट प्रयोग गरेका थिए, एटीएम बुथ पनि साझा नै थियो ।

यता, त्यस निर्वाचनमाबाट अर्थमन्त्री युवराज खतिवडाका छोरा तिलक खतिवडा सचिव पदमा निर्वाचित भएका छन् । र सबैको चासोको विषय त्यस निर्वाचनमा अर्थमन्त्री पुगे वा पुगेनन् भन्ने । हो निर्वाचनमा पक्कैपनि अर्थमन्त्री पुगेका छैनन् । उनका छोराले भनेको यो कुरा सत्य हो । तर, अर्थमन्त्री र अर्थमन्त्रीका छोराले यो कुरा किन लुकाउदै छन् कि चैत ११ गते निर्वाचित सदस्यहरुलाई बधाई ज्ञापन गर्न भन्दै अर्थमन्त्री सनसिटी पुगेका छन् ।

यो कुराको पुष्टि गर्न प्राइम टाइम्स टेलिभीजनले अपार्टमेन्टका सदस्य पुष्कर रेग्मी संग प्रतक्ष कुराकानी गरेको छ । जसमा रेग्मीले ११ गते अर्थमन्त्री आएको र आधा घण्टा समय त्यही विताएको बताएका छन् ।यति मात्रै होइन त्यहाँ अर्थमन्त्री अपार्टमेन्टमा प्रवेश गरेको र बाहिरिदै गर्दा गाडी इन्ट्री गराएको उहाँको गाडी नम्वर पनि नोट गरिएको छ । जसको फोटो हाम्रो कालापानीले प्राप्त गरेको छ ।

gadi

गाडी इन्ट्री मात्रै होइन, उनि अपार्टमेन्टको सिसि टिभी क्यामेराको फुटेजमा पनि कैद छन् । तर, त्यो सिसिटिभी फुटेज भने अपार्टमेन्टका अध्यक्षको हातमा परिसकेकाले बाहिर आउन सकेको छैन । अब भन्नुस, यति भएर पनि उनका छोराले बुवा अपार्टमेन्टमा नआएको भन्दै किन झुट बोली रहेका छन् ?

यता, अर्थमन्त्रीले पनि आफु नगएको पटक पटक भनिरहेका छन् । उनका आसेपासेले सिधै बिरोध समेत जनाइरहेका छन् । कि अर्थमन्त्री घर अनि सिंहदरवार बाहेक कतै गएनन भनेर ।

उसोत, चिकित्सकहरुको भनाइअनुसार कुनै पनि आशंकित व्यक्तिले कन्ट्याक टे्रसिङका बेला सही सत्य सूचना दिएर सहयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा ढाँट्नु वा सूचना लुकाउनु भनेको कोरोना रोकथाममा असहयोग गर्नु हो । विभिन्न संचार माध्यममा सुचना जारी भएका छन् तपाइले विदेशबाट आएको मानीस देखे वा सम्पर्कमा आए उनिहरुलाई घरमै वस्न आग्रह गर्नुस । नमाने प्रशासनलाई खबर गर्नुस भनिदै आएको छ । तर, अर्थमन्त्री आफैले यसरी सुचना लुकाउछन् भने, अन्य नागरिकलाई कसले कसरी सम्झाउने ?

यस्तो अवस्थामा अर्थमन्त्री अनि, सिंगो देशका नागरिकका अभिभावकले यति गैर जिम्मेवार काम गर्दै आएका छन्, कि सिंहदरवारमा गएर मन्त्री परिषदको बैठकमा सहभागी भइरेहका छन् । त्यसैले म त भन्छु अर्थमन्त्री होइन, सिंगो मन्त्री परिषद अनि तिनलाई पनि क्वारेन्टानमा राख्नु पर्छ । ति सबैको स्वाव परिक्षण गराउनु पर्छ । होइन भने यस्ता सुचना लुकाउनेलाई प्रधानमन्त्री केपीशर्मा ओलीले भने झै कार्वाहि गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved