वीरगञ्ज ५ बैशाख : कोभिड १९ अर्थात कोरोना भाईरसले विश्व नै आक्रान्त भईसकेको छ । विश्वमा महामारीको रुपमा फैलि रहेको रोगका कारण लाखौं विरामी भएका छन भने हजारौं जनाले ज्यान समेत गुमाई सकेका छन । नेपालपनि यस रोगको प्रभावबाट बचेको छैन । नेपाल सरकारले नेपाली जनताका लागि ०७६ चैत्र ११ गते देखि लकडाउन निषेधाज्ञा जारी गरेको छ । कोरोना भाईरसले जनतामा संक्रास फैलिरहेको बेला जी.पी.कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट नामक सर्फेस सेनिटाईजर छर्किने र्काय शुरु गरेको छ ।
विश्व स्वास्थ्य संगठनले हाल सम्म यस रोगको कुनैपनि औषधी नहरेको तथा यस रोगबाट बच्न साफ सफाई र समाजिक दुरी कायम गर्न नै यस्को उपचार मध्य एक रहेको बताए पछि जि.पि कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरलाई सेनेटाईज गर्ने र्निणय गरेको छ । नेपालमा आईलागेको यस्तो विपदको बेला हरेक नेपाली नागरिकले आफनो स्तरबाट नेपाल सरकारलाई साथ र सहयोग दिने कुरा रहेको बताउदै मोहम्मद सहाबुदिनले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आफनो समाजिक उत्तरदायित्वलाई मन्न गर्दै वीरगंन्जको ३२ वटै वडाहरुलाई सेनेटाईज गर्ने जानकारी गराएका छन ।
वीरगंज महानगर पालिकाको वडा नं २ छपकैयामा ३ जना भारतियहरुमा कोरोना रोग पुष्टि भएपछि वीरगंज संक्रास अवस्थामा रहेको छ । वीरगंजका ३ वटा वडाहरु शिल समेत गरिएको छ भने सयौं जनाको कोरोना रेपिड टेस्ट समेत गरिएको छ । सेनिटाईजेशन र्कायक्रम आज वरिगंजको १,२,३,१० र १६ नं वडाहरुमा शुरु गरिएको छ भने वीरगंजको ३२ वटै वडाहरुमा सेनेटाईज गर्नै फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले बताएका छन ।
सेनेटाईजेशन गर्ने वडा नं ३ का फाउण्डेशन अध्यक्ष सदिप केवट, शेख सागिर, कृष्ण ओझा, रुस्तम मंसुरी रहेको फाउण्डेशन पर्साका सचिव धिरज कुमार गुप्ताले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved