उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका तीन भुल्केस्थित मस्जिदमा संक्रमित अवस्थामा भेटिएका १२ जना भारतीयले ३ जिल्ला घुमेको पाइएको छ । उनिहरुले मोरङ, सुनसरी र सप्तरीका मस्जिदमा पुगेर उदयपुर प्रवेश गरेको पाईएको हो । उनिहरु गएका मस्जिद लगायतका क्षेत्रमा प्रहरीले कन्ट्याक ट्रेसिङ्को तयारी गरिरहेको छ ।
उनिहरुले आफुहरु मंसिर अन्तिम साता नै नेपाल प्रवेश गरेको प्रहरीलाई बताएका छन् । संक्रमितसँगै भुल्केको मस्जिदमा १६ जनालाई क्वारेन्टिनमा राखिएको छ । संक्रमितलाई भने विराटनगरमा बनाइएको कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा राखिएको छ । अस्पतालमा १० वटा आईसीयु र १० वटा भेन्टिलेटरसहितको शैय्यासमेत छन् ।
प्रदेश सरकारले कोरोना अस्पताल उपचार केन्द्र सञ्चालनको जिम्मेवारी कोसी अस्पताललाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved