जनकपुर । सडकमा पैसा फालेर भाग्ने दुई महिलामध्ये एकजनाको आरडीटी टेस्टको रिपोर्ट पोजेटिभ आएको छ ।
घटनाको २४ घण्टा वित्न नपाउँदै प्रहरीले उनीहरुलाई शनिबार दिउँसो पक्राउ गरेपछि आरडीटी टेस्टका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो ।
शुक्रबार जनकपुरधाम-४ महावीर चोकस्थितबीच बाटोमा उनीहरुले पैसा फालेर भागेका थिए । पक्राउ पर्नेमा धनुषाको धनौजी गाँउपालिका वडा नंं ५ बहुअर्वा बस्ने ५० बर्षीया अमुना खातुन र जनकपुरधाम वडा नं. ७ बस्ने ३५ बर्षीया अलिना खातुन रहेका छन् । यी दुई नन्द भाउजू हुन् ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर सोधपुछपछि परीक्षणका लागि अस्पताल लगिएको थियो । आरडीटी टेस्टमा पोजेटिभ रिजल्ट देखिएपछि उनीहरुको थ्रोट स्वाब परिक्षण समेत अहिले भइरहेको अस्पताल श्रोतले जनाएको छ ।
सिसिटिभी फुटेजको आधारमा उनीहरु दुबै जनालाई प्रहरीले जनकपुरधाम-७ बाट पक्राउ गर्न सफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved