अनौठो छ । फरक छ । संंसार बन्द छ अहिले, माज्ञ मनमा त्रास छ । खै के हुन्छ के हुदैछ, सब अन्योल छ । विश्व कोभिड-१९ को सन्त्रासमा छ । सन् २०१९ डिसेम्बर को पहिलो साता जब एक बिरामी चीनको बुहान शहरको एक अस्पतालमा जचाउन गए तब उनलाइ जचाउने चिकित्सक डा. लिवानलेयां हिले निमोनियाको शंका गर्दैै उक्त बिरामीमा नौलो भाइसर पत्त लगाए जुन साच्चिकै विश्व इतिहासमा नौलो थियोे । उनले उक्त खतरा भाइरसको नाम दिए कोविड-१९ कोरोना । उनले उक्त कुरा को जानकारी अरु चिकित्सकलाई गराए र जनतालाई सचेत हुन आग्रह गरे । तर, चिनियाँ सरकारले डाक्टलाई जनतामा त्रास फैलाउन झुटा प्रचार गरेको आरोपमा जेल हाल्यो । अनि सुरु भयो कोरोनाको बिश्वव्यापी सुरुवात ।
खोकी लाग्दा हाछिउ आउँदा अगाडि मान्छे हेर्नू पर्यो या दबाएर राख्नु पर्ने भयो । मानिस मानिस बिच दुरि टाढा भयो । हात मिलाउने बानी पर भयो । ३ फिटको दुरि कायम भयो । सामाजिक दुरि आदि इत्यादी मान्छे संंग नै डराउनु पर्छ । अभाव भयो कानुन तोडियो मन्दिर बन्द भए । पुजा रोकियो भाकल तोडियो ।विश्व बन्द भयो । देश बन्द भयो । टोल बन्द भयो । समाज बन्द भयो । शक्ति अहम,दम्भ, घमण्ड सबै बन्द भयो । मानौ विश्व एक राम राज्य भयो । निरंतरता क्रम भंगता साच्चिकै भयो ।
शान्त छ मथ्थर छ विश्व । प्रकृति हासेको छ । मान्छेको हासो मथ्थर भएपनि आफुलार्इ माया गर्ने बानी सिकाएको छ । धुवा घुलो हल्ला भिड शान्त भएको छ । भ्याइ नभ्याइ मानिस शान्त भएका छन् । सडकमा धुलो छैन तर, माक्स लगाउनेहरु बढेका छन् । सडकमा भिडभाड छैन, आन्नद छ चिल्ला सडक सुकिलो शहर स्वच्छ र शान्त वातावरण, तर पनि पन्जा, सेनिटाजर, पिपिइको साहारा लिनु परेको छ । बिश्व नै लकडाउनमा छ । क्वारेन्इन, आइसोलेशन नयाँ नयाँ प्रविधि प्रयोग भएको छ, मानु दुनियाँ नयाँ अनुभवमा जाँदै छ ।
उसो त मानिसलाई बाच्नु पर्छ भन्ने आत्मा बल बडढएको छ । सबै आफू प्रती इमानदार भएका छन् । बल्ड प्रेसर कम छ । तनाव कम भएको छ । बस मनमा एउटै साझा पिर र एउटै साझा प्रश्न छ, कसैगरि मरीपो हालिन्छकी ? कतै कोरोना यहाँ सम्म आइ पो हाल्छ की ? हुनत मसानघाटहरुमा औसत लास भन्दा कम लास देख्न सकिन्छ यतिबेला । सबैलाई बाच्नु पर्छ भन्ने आत्मबल आएर हाला हार्टअट्याकका घटनापनि कम नै सुनिन्छन् । हस्पिटलमा बिरामी निकै कम मात्रामा छन् । प्रहरीमा हरेक दिन कुनै कुनै घटनाका अपराधिहरुको घुइचो हुन्थ्यो, त्यसमा पनि कमी आएको छ ।
कामको चापले व्यस्त मानीसहरुले आफ्नो परिवारलाई प्रसस्त समय दिएका छन् । परिवारका सबैजना आन्नद रमाईरहेका छन् । बिद्यार्थी शान्त छन् कर्मचारी शान्त छन । युद्धमा प्रयोग हुने हरेक अस्त्र सस्त्र थन्किएका छन् । तर, तेश्रो विश्व युदको सज्ञा दिइदै गरेको यस युद्धमा भने बन्दुक गोला बारुद होईन डाक्टर र नर्सले जोखिम मोलेर कसैकोलागी लडिरहेका छन् । हरेक मानीसलाई पिडा पनि त । मानीसको ज्यान त गइनै राखेको छ, तैमाथी परिवारको मुखमा माड लगाउन भनेर बल्ल तल्ल पाएको रोजगारी बन्द छ । ठप्प छन्, उद्योगधन्दाहरु । बन्द पडेका छन् फ्याक्टीहरु । सुनसान छन् अड्डा अदालतहरु ।
के धनी के गरिव सबैलार्य आफ्नो ज्यानको माया ठूलो छ । शक्तिशाली भनीएका देशका प्रमुखहरुपनि मौन छन् । मोदि, ट्रप, पुटिन, सिजिनपीक कोही पनि केही बोल्न सक्ने हैसियतमा छैनन् यतिबेला । सबैको बोली मथ्तर छ । नयाँ युगको या भनु रोकिएर खोलिएको थुनिएर खोलिएको भेलले यहाँ बगाउदै छ, एकै चोटि सबैका अहमहरु, घमण्डहरु शक्तिहरु, कुटिलताहरु । नाथे आँखाले नदेखिने भाइरस संग सबै मानीस कातर बनेका छन् यतिबेला । भयाबह स्वरुप तर, मानीसले देख्नै नसक्ने भाइरसको त्रासकै कारण राजनितिज्ञहरु, कुटनितिज्ञहरु मौन बसेका छन् । कतै हामी पो मरिन्छकी भन्दै गुप्तवास बसेका छन् यो देश म बनाउछु, मेरो इसारामा नचाउछु भन्नेहरु पनि ।
तर म भन्छु, काल र कोरोना फरक हुन् । मानिस काल आएर मर्ने गर्छन, कोरोनाले होइन । त्यसैले सबै भन्दा पहिला आफुभित्रको सन्त्रास भगाउ, आत्मबल बढाउ र आनन्दले घरमै बसौ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved