आरोहण शाह
बारा ९ बैशाख : राहतका लागि कुहिएको दाल बिक्री गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन् । यसअघि पक्राउ परेका आठै जनाले मेयर रायको कोल्ड स्टोरबाट दाल खरिद गरेको बयान दिएपछि उनलाई पक्राउ गरिएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए । कालोबजारी ऐन अन्तर्गत दर्ता भएको मुद्दाको अनुसन्धानको क्रममा मेयर यादवलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी जानएको छ । कलैया उपमहानगरपालिकाले लकडाउनबाट समस्यामा परेका अति विपन्न परिवालाई कुहिएको दाल राहतमा वितरण गरिएपछि प्रहरीले अनुसन्धान गरि कालोबजारी मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको थियो । सो क्रममा राहतमा वितरण गर्नको लागि दाल स्टोर गरिएको कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको यादव कोल्ड स्टोरमा राखिएको ३ सय ८० बोरा दाल नियन्त्रणमा लिई प्रहरीले स्टोरलाई शिल समेत गरेको थियो । प्रहरीले त्यहाँ स्टोर गरिएको दालको नमुना लिएर खाध प्रविधि तथा गुण नियन्त्रण प्रयोगशाला हेटौँडामा परीक्षणको लागि पठाएकोमा र त्यहाँबाट दाल गुणस्तहीन रहेको प्रमाणित भएको लगतै मेयरलाई नियन्त्रणमा लिएका छ ।
घटनामा जोडिएका
घटनामा संलग्न वडाध्यक्ष, वडासचिव, कोल्डस्टोरका कर्मचारी र दाल मिलका सञ्चालक गरी नौजनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। गएको आइतबार प्रहरीले कलैया– २० का वडा सचिव खेदु मियाँ, वडा नम्बर १ का वडाध्यक्ष हरिओम साह, ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैयास्थित यादव आइस एन्ड कोल्ड स्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिएको थियो । घटनामा जोडिएका वडा नम्बर ११ का अध्यक्ष सर्वनारायण चौधरी, १३ का अध्यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्यक्ष महेश साहलाई पनि प्रहरीले सोमबार पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved