काठमाडौं । कोराना संक्रमितमा टाउको दुख्ने, रुघाखोकी लाग्ने, १०३ डिग्री भन्दा माथी जरो आउने जस्ता लक्षणहरु देखा पर्छन भनिएको भएपनि उदयपुर तथा उदयपुरको भुल्केमा भेटिएका संक्रमितहरुमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन ।
उनिहरु हेर्दा स्वस्थ्य मानीस झै देखिन्छन् । बिरामी हो की भन्ने कुनै शंका नै देखिदैन । तर पनि उनिहरुमा कोरोना पोजेटिभ भने देखिएको छ । त्रियुगा नगरपालिकाको स्वास्थ्य सेवा शाखाका अवधनारायण चौधरीका अनुसार उनिहश्रमा ‘कुनै लक्षण देखिएको छैन तर नमुना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।
संक्रमितहरुको विराटनगरस्थित कोरोना विशेष ९अस्थायी० अस्पतालमा उपचार भइरहेको छ । यसअघिका संक्रमित १३ जना त्यही उपचाररत थिए भने १० जनालाई मंगलबार ल्याइएको छ । थप एक संक्रमितलाई ल्याउने नल्याउने अझै प्रष्ट भएको छैन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved