सुन्दरहरैचामा बजार अनुगमन, व्यवसाय दर्ता गरि चलाउन आग्रह

  • आश्विन १४, २०७६
  • कालापानी मिडिया
alt

सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा नगरपालिकामा बजार अनुगमन गरिएको छ । सुदरहरैचा नगरकार्यपालिकाको आयोजनामा र सुन्दरदुलारी उधोग वाणिज्य संघ र कोशीहरैचा उधोग वाणिज्य संघको सहयोगमा सुन्दरहरैचा नगरपालिकाको विभिन्न स्थानमा बजार अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा सुन्दरहरैचा नगरपालिका भित्र व्यापार व्यवसाय गर्ने उधोगी,व्यापारीहरुले नगरपालिकामा व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको पाइएको सुन्दरहरैचा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दाहालले बताए । उनले आजबाट थालिएको बजा अनुगमन प्रभावकारी भएको भन्दै यो अनुगमन जनचेतना मुलक भएको बताए । उनले व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएको कारण दोस्रो चरण देखि व्यवसाय दर्ता प्रणालीमा कडाई गरि नगरको आय करमा वृद्धि हुने अपेक्षा गरिएको बताए ।

IMG_2334

त्यस्तै सुन्दरदुलारी उधोग वाणिज्य संघका अध्यक्ष किशोर कार्किले बजार अनुगमन प्रभावकारी भएको बताएका छन । उनले नगरपालिकाले महिनामा पटक पटक बजार अनुगमन गर्नु पर्ने बताए । उनले नगरपालिकाले कर बढाउनु भन्दा करको दायरा बढाउनु पर्ने बताए ।

आज गरिएको बजार अनुगमनबाट सुन्दरहरैचाका विशेष गरि होटल, फ्रेस हाउस बाट अखाध वस्तु बरामद गरि घटना स्थलमा नै उक्त वस्तुलाई डिस्पोज गरिएको छ भने केही अस्पतालमा म्याद सकिएको औषधी समेत अनुगमन टोलीले डिस्पोज गरेको छ ।

अनुगन टोलीले सुन्दरहरैचा नगरपालिकामा व्यवसाय दर्ता नगरी सञ्चालन गर्ने फर्महरुलाई व्यवसाय दर्ता गर्न आग्रह समेत गरेको छ ।

IMG_2339

अनुगमनमा सुन्दरहरैचा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, उपमेयर, कार्यपालिका सदस्य विभिन्न शाखाका शाखा प्रमुख, नगरपालिकाका कर्मचारी, सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यलय बेलबारी साथै स्थानिय सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

आजको मौसम : उच्च पहा ...

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौस ...

आज किराँत फाल्गुनन्द ...

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved