हरियाणा । रोजगारीका लागि नेपालबाट भारत पुगेका केहि नेपालीहरूलाइ यतिबेला आपत परेको छ । हरियाणामा मजदुरी गर्दै आएका नेपालीहरूको लकडाउनका कारण पीडामा परेका छन् । ३ हप्ता भन्दा बढि बसेका यी नेपालीहरूले नेपाल सरकारले उद्दार गरिदिए हुन्थ्यो भन्ने आशा राखेका छन् ।
यतिका दिन बसिरहँदा पनि स्थानिय तहका सरकारदेखि नेपाल सरकारसम्मका जिम्मेवार ब्यक्तिहरूले केहि वास्ता नगरेको भन्ने आशयका साथ भारतका विभिन्न पदाधिकारीहरू आएर उनिहरूलाइ थर्काउने गरेको खुलाएका छन् । यति मात्रै नभएर उनिहरूले तिमीहरूको देशका कसैले पनि उद्दार गर्न मानेका छैनन् भन्दै आइरहेका छन् ।
यसरी बिचल्लीमा परेका नेपालीहरूले भिडियो मार्फत उद्दार गरिदिनका लागि सबैसँग अनुरोध गरेका छन् । यस्तो अवस्थामा हाम्रो उद्दार नभए आत्मह”त्या गर्न बाध्य हुने समेत बताएका छन् ।
भिडियोका लागि यहाँ किल्क गर्नुस
https://www.youtube.com/watch?v=YV78l6eVjV4
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved