काठमाण्डौं ११ बैशाख : ६ दशक अघि सानो ब्यापारबाट ब्याबसाय सुरु गरेको आरएमसी गु्रप आज नेपालको आर्थिक मुरुदण्डको आधारशिला बन्दै उदाएको छ । प्रारम्भमा यसका प्रमुख श्रवण कुमार अग्रवालले काठमाण्डौमा कपडाको ब्यापार बाट आफ्नो ब्यबसायीक जीवन शुरु गरे पछि कहिल्यै पनि पछाडि फर्केर हेर्न परेको छैन भनी उनी निकटष्थहरु बताउँछन । पछि हार्डवयर ब्यापार हुँदै आयात निर्यात र उद्योग कल कारखानामा आफुुलाई समर्पित गरेको यो ब्यापारिक घरनालाई नेपालकै इमान्दार र निष्ठाको ब्यापार गर्ने समुहको रुपमा चिनिन्छ । राजेश मेटल क्राफ्टसले उत्पादन गरेको आरएमसी सिमन्ट नेपालबाट भारतमा निर्यात हुने पहिलो सिमेन्टको रुपमा स्थापित भएपछि यसले ब्यापारमा निकै लामो फड्को मारेको हो ।
हाल तानसेन सिमेन्ट, आरएमसि सिमेन्ट,क्लिङ्कर, पाइप, जस्तापाता, बिजुली पोल, जिआइ पाइप, सटर पत्ति, प्लेन सिट उत्पादन र बितरणमा यो गु्रपलाई अग्रणी मानिन्छ । अझ तानसेन सिमेन्टको उत्पादनपछि त चीनको बहुराष्ट्रिय कम्पनिले समेत ब्यापारिक साझेदार बन्ने सहमति गरेपछि त ब्यापारिक क्षेत्र त्यसमा पनि सफल ब्यबसायको लागि आरअएमसी गु्रप पाठशाला नै भएको छ । काठमाण्डौमा जन्मिएका श्रवण कुमार अग्रवाल त्यसो त ब्यापार हुँदै राजनीतिक क्षेत्रमा समेत आफुलाई स्थापित गर्न सफल भएका छन र संबिधान सभाको सदस्य जस्तो गरिमा समेत बनाएका छन । श्रवण अग्रवालका दुई छोरा राजेश अग्रवाल र विष्णु अग्रवालमा देखिएका समर्पण भावले त्यस गु्रपले थालनी गर्ने सबै ब्यापारमा समेत सफलता प्राप्त गर्दै जानुले सफलताको कथा सबैको लागि प्रेरणादायी बनेको कुरा गु्रपका जिएम मातादिन वर्म बताउनुहुन्छ ।
उता आरएमसी सिमेन्ट सिमराका प्रबन्धक रबि शर्मा आफ्नो कारखानामा कार्यरत कर्मचारीहरुको नजरमा श्रवण बाबु, राजेश बाबु र विण्णु बाबु सुख र दुखका साझा सहयात्री जस्तै भएका प्रतिक्रिया दिनुहुन्छ भने कार्यरत एक हजार मजदुर कर्मचारीको नजरमा यो गु्रपको बारेमा आलोचना गर्ने कोही पनि नभएका प्रतिक्रिया दिनुहुन्छ । अझ संकटग्रस्त बनेको तत्कालिन एचएण्डबि बैंकका अध्यक्ष समेत भएका श्रवण कुमार अग्रवालकै दूरदर्शिताका कारण उक्त बैक भिबोर बिकास बैंकमा मर्जहुँदै हिमगिरी बिकास बैंकलाई समेत समेटर हाल लुम्बिनी बिकास बैंकको रुपमा कारोबार गर्दै आएपछि मुनाफा कमाउन समेत सफल भएको छ । त्यसले जहां संकट त्यहाँ श्रवण कुमार अग्रवालको नेतृत्व भन्ने उखान नै यतिबेला चर्चामा रहेको छ । यी कारखानाका संचालकहरुले कार्यरत कर्मचारीलाई सधैंभरी इमान्दारीताको पाठ सिकाउने गरेको र त्यसलाई बोलीमा मात्र होइन ब्यबहारमा पनि उतारेको कुरा कार्यरत कर्मचारी अनिल रेग्मी बताउँछन । हरेक मजदुर कर्मचारीको बिमा गर्नु मजदुर कर्मचारी खुशी र सुखि भएपछि मात्र इमान्दारिताका साथ काम गर्ने वातावरण निर्माणमा सघाउ पुग्ने धारणा राख्ने संचालकहरु नेपालको पुराना र रैथाने ब्यापारिक घरनाभित्र पर्छन ।
अझ अप्रासंगिक बिषयबस्तुलाई जोडेर कहिलेकाही ब्यापारिहरुलाई समाजका बिभिन्न निकायले बिचार बनाउने र त्यसबाट भ्रम छर्न मनगढन्ते एवं कपोल कल्पित बिचार उत्पादन गरि छरिने मानसिकताले भने आफुृहरुलाई बेला बखत पिरोल्ने र यसले ब्यापार गर्नुपनि अपराध हो कि रु भन्ने भावना आउन थाल्ने गरेको गुनासो समेत संचालकहरु गर्छन । कर्म नै सफलताको कडी सम्झने राजेश मेटल क्राफ्टस कानुनले तोकेको मापदण्ड पुरा गरि ब्यापार ब्याबसाय संचालन गर्दा आउने अवरोधलाइ भने कानूनले नै समय क्रमसंगै जवाफ दिने बताउनँछन । नेपालमा जन्मनु, हुर्कनु, ब्यापार ब्याबसाय गर्नु, नेपालको आवश्यकता अनुसार आत्मनिर्भरमा आधारित राष्ट्रिय अर्थतन्त्र निर्माणमा स्वदेशमा उद्योग स्थापना गरेर रोजगारी सृजना गर्दै गएपछि सबै प्रकारको समस्या समाधान हुने र त्यसपछि सबैले पेशाप्रति इमान्दारिता प्रदर्शन गरेमा गलत सोच त्यसै हटेर जाने प्रतिक्रिया समेत यतिबेला संचालकहरु दिन थालेका छन । देश लकडाउनमा छ यो बेला पुरै विश्व कोरोना भाइरसको माहामारिमा युद्ध लडिरहेको बेला जीवन रक्षा नै प्रमुख भएपनि यसलाई समेत पुर्वाग्रही सांध्ने र बिभिन्न ब्यापारिक घरनासंग जोडेर पारिवारिक एवं अन्य ब्यावसायीक सम्बन्धकै आधारमा प्रतिष्ठा हरण गर्ने खेलमा समाजको बिभिन्न तह र तप्का लाग्ने बेला यो नभएकोले सबैले आआफनो जिम्मेवारी पुरा गर्न लाग्नुपर्ने तर्क अर्क एक कर्मचारीको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved