मेरिआमा एक आत्मनिर्भर महिला

  • बैशाख ११, २०७७
  • कालापानी मिडिया
alt

ज्योतृष्णा उपाध्याय
म जन्मिनु भन्दा करिब ५वर्ष पहिले नै आमाले शिक्षण पेशा अपनाउनुभयो । एक सरकारी विद्यालयमा जुन नेपालकोअतिदुर्गम ठाँउ मध्ये एकमा पर्छ।आफ्नो भबिस्यको सुनौलो सपना बुन्दै बिद्यालय पढ्न आउने बालबालिकाहरुका साना साना हाथमा कलम थमाएर भबिस्यको मार्गदर्शन गराउने एक गुरुआमा बन्नुभयो मेरिआमा।

तराईका फाटमा जन्मेर एउटा बिकट गाउँ ठाउँमा पुगेर त्यो परिबेश संग भिजेर त्यहाँ स्थापित हुनु मेरी आमाकालागि पक्कै पनि चुनौती थियो नै । तर त्यो चुनौतिको सहजै सामना गरेर मेरी आमाले त्यो ठाउँमा अहिले सम्म एक कुशल गुरुआमा, समाजसेवी,्अनि एक कुशल नेतृको रुपमा उभ्याइरहेको देख्दा म लगायत मेरा परिवारका हरेक सदस्यको शिर ठाडो भएको छ ।

उसो त सयौं बालबालिकाको भबिस्य बनाउने जिम्मेवारी पाएकी मेरो आमाले मेरो जन्म भएको १ वर्ष पश्चात् आफ्नो मुटुमाथी ढुङ्गा राखी आफ्नो मुटुको टुक्रा मलाई आफ्नी आमाको हातमा सुम्पिनु भयो। त्यतिबेला मलाई लाग्थ्यो मलाई छोडेर जाने मेरी आमा कति निर्दयी । मलाई त माया नै नगर्ने पो होकी । हुदा हुदा म आमाको माया नै बिर्सन थालेकी थिए ।

तर, मेरो भबिस्यको लागि आफ्नो मुटुमाथी ढुङ्गा राख्नु परेको कुरो मेरी हजुरआमाले मलाई पटक पटक सम्झाइनु हुन्थ्यो । त्यतिबेला होला नि त भन्ने लाग्थ्यो तर अहिले थाहा भयो मेरी आमाले मेरा लागी नै मलाई चटक्क छोड्नु परेको रहेछ । त्यसैले त मेरी आमा मरो शान हुनुहुन्छ । मेरिआमा मेरोमात्र होइन, हाम्री बुढि हजुरआमा र ति बुढा हजुरबाबाको पनि शान हुुनुहुन्छ ।

मलाई छोडनु पर्दा अत्यन्तै पिडा भयो होला आमालाई । तरआमाले मलाई नछाडेको भए मलाई आमाको कहिल्यै कमि हुन नदिने अनि यो अनौठो संसारमा मान्छे भएर हरेक परिस्थितिमा धैर्य राख्न सिकाउने मेरि प्यारी हजुर आमाको सनिध्य पाउने सौभाग्य कहाँ प्राप्त हुन्थ्यो र मलाई।

मेरि हजुर आमा, जस्ले मलाई दुनियाँको सबै खुशी दिनु भयो । र कहिल्यै आमाको कमि महसुस हुन दिनु भएन। भगवान भन्ने शब्दले कसैलाई पुकार्नु पर्छ भने म सर्बप्रथम त हजुर आमालाई नै पुकार्छु। हजुर आमा नभएको भए म अहिले ९म० हुने थिएन सायद । त्यसैले त मेरिहजुरआमा मेरो पहिलो प्रेम पनि हुनुन्छ । हजुर आमाले सधैं भन्नुहुन्थ्यो सबैभन्दा पहिले मान्छे बन्नु पर्छ । मान्छे बन्नकालागि धेरै पढ्नुपर्छ । तर म मान्छे मात्रै सानी होइन कि मेरो सोच्ने शैली पनि सानो भएर होला म त मान्छे नै हो फेरी पनि हजुर आमाले किन मान्छे बन्नु पर्छ भन्नु भयो भनेर सोच्थे ।

तर, म गलत रहेछु मेरी हजुरआमाको सामुन्ने । किनकी मलाई अहिले महसुस भएको छ । कि हजुरआमाले त्यतिबेला मलाई भन्न्ो गरेको मान्छेको अर्थ ।  मान्छे जन्म लिदैमा मान्छे भनिदैन । मान्छे बन्न त धेरै मेहनत पो गर्न पर्दो रहेछ। छोरी मान्छेलाई छुट्याने समाजमा पनि छोरीले हरेक सुख दुखमा निडर भएर अनि आत्मनिर्भर भएर बस्न सक्नु पर्छ भन्ने मेरि हजुरआमाले मात्र मेरि आमा जस्ती एक स्वाभिमानी छोरी जन्माउन सक्छिन। यहाँ मेरि आमा र मेरिहजुर आमा जस्ता सक्षात देविहरु हरेकको जिवनमा छन्।

त्यसैले त म आफुलाइ भाग्यमानी नै सम्झन्छु । किनभने मलाई आमाको स्नेहदिने मान्छेहरु त मैले हरेक पाइलामा भेटेको छु कहिल्यै सानी आमाको रुपमा, त कहिल्यै गुरुआमाको रुपमा र कहिले आन्टिको रुपमा । त्यसैले आज मतातिर्थ औंशिको अवसरमा म मेरो जिवनमा मलाई आमाको न्यानोपन दिने सबै आमाहरुलाई सतसत नमन गर्दछु । र उहाँहरुको सुस्वास्थ्यको कमना गर्दछु ।

94124109_916608772095967_8157468678493831168_n

Happy mothers day to all. We are lucky to have superwomens as our mothers in our life. There are many people out there who doesn't have their birth mothers. But a mother is a mother not just because she gives birth to you. A person who fulfil your life with motherly love and affection and never gives up on you,  is your Mother . So, cherish the moment you have got with them and give them all your love.

 To my mumma and hajuraama - I love you the most❤❤️

उहि हजुरहरुकि प्यारी गुडिया

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved