काठमाडौं । लकडाउनकाबीच दर्जनौ सवारीसाधन काठमाडौं भित्रिनेक्रम आजपनि जारी छ ।
देशका बिभिन्न जिल्लाबाट यात्रुबससहित मालवाहक गाडीहरु अनवरतरुपमा काठमाडौं आइरहेका छन् ।
अहिले दर्जनौ यात्रुबस र मालबाहक गाडी नागढुंगामा रोकिएका छन् । धनगढी, बिराटनगर लगायतका ठाउँबाट आएका यात्रुबस थुनिएपछि सयौं यात्रु अलपत्र परेको हाम्रा सहकर्मीले जनाएका छन् । नागढुंगा प्रहरीले यात्रुबससहित सवारीसाधन चेकजाँच गर्नेक्रम भैरहेको बताएका छन् । स्थानीय तह र काठमाडौं प्रशासनबीच समन्वय नहुँदा समस्या बढेको हो ।
स्थानीय तहका प्रतिनिधिरुले समन्वय गरेर पठाएको भएपनि काठमाडौं प्रवेश गर्न नदिएको गुनासो गरेका छन् । काठमाडौंमा अलपत्र परेका नागरिकलाई आ–आफनो घर लगिरहेका बस समेत बिच बाटोमा रोकिएका छन् ।
पछिल्लो समय स्थानीय तहहरुले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरु गाउँमा लगेका छन् । मानिसहरुको आवत जावत हुँदा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved