वीरगञ्ज १५ बैशाख : कोरोना भाइरसको महामारीलाई नियन्त्रणगर्न सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनको पालनका क्रममा उपभोक्ता हित संरक्षण मंच प्रदेश समिति २ को भर्चुअल बैठक बैशाख १५ गते सोमवार सम्पन्न भएको छ । चिकित्सक स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र संचार जगत पहिलो पंक्तिमा रहेर कोरोना बिरुद्धको लडाईको मोर्चा सम्हालिरहनु भएको छ । उपभोक्ता हित संरक्षण्म मंच प्रदेश नं २ उहाँहरुको यो योगदानप्रति उच्च सम्मान गर्दछ । कोरोना बिरुद्धको लकडाउनलाई सफल बनाउन नागरिक दायित्व महत्पूर्ण रहेको स्मरण गर्दै अनेकौ कठिनाई का बाबजुद यसलाई पालना गर्न सम्पूर्ण उपभोक्तालाई हार्दिक अपिल गर्दछौ ।
संकटको यो घडीमा उपभोक्ता लुट्ने प्रवृति कतिपय ठाउमा देखा परेका छन । त्यसको ज्वलन्त नमुना बीरगंज पथलैया करिडरका खाद्य उधोगका संचालकको गिरफ्तारी,कलैया उपमहानगरपालिकाका प्रमुख सहित केही जनप्रतिनिधि र ब्यवसायीको गिर्फतारीले पनि पुष्टि गरेको छ । ब्यवसायीहरुको पेशागत हितकालागि बनेको ब्यपारीको संघले राज्यको उपस्थितिलाई चुनौती दिदै खाद्य समाग्रीको मूल्य तोक्ने र खुल्लम खुला कालो बजारी गर्ने काम भइरहेको छ । राहत बितरणमा समेत दलीय आग्रहका कारण वास्तविक ब्यक्तिहरु बन्चित भएका र त्यसैकालागि झडप समेत भएका घटनाहरु सार्वजनीक भएको प्रति उपभोक्ता हित संरक्षण मंच प्रदेश २ को गम्भिर ध्यानाकर्षण भएको प्रदेश नं २ उपभोक्ता हित संरक्षण मंच प्रदेश समिति अध्यक्ष के।सी।लामिछाने बताउनु भयो । मानव समुदायमाथि आइपरेको बैश्विक महामारीमा कालो बजारी र लुट मच्चाउने अनुचित क्रियाकलापमा संलग्नहरुलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न हामी प्रदेश सरकारलाई आग्रह गर्दछौ । उपभोक्तालाई कालोबजारी र लुटतन्त्रबाट मुक्त बनाएर प्रदेशमा सरकार र स्थीय सरकार भएको अनुभूती गराउन प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गराउदछौ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved