रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ । प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए ।
उनका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी पठाइएको हो । गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका हुन् । साझ करिब ६ बजे साझ त्रिबेणि ७ दुम्लाखोला नजिकैको गहुबारिमा बम बिस्पोट भएको थियो ।
त्रिबेणि ४ मामा घर आएका बर्ष ११ का गौरब नेपाली,त्रिबेणि ७ का बर्ष १४ का लोकिराम डाङी , बर्ष ११ की बिमला खत्री र बर्ष ५ का बिजय खत्री रहेको रोल्पा स्थित हाम्रा संवाददाताले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved