बाबुरामलाई लिङ्देनको कटाक्ष-टपरे बाहुन भन्दै जातीय द्धन्द नफैलाउनुस

  • बैशाख २०, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकप्रिय नेता राजेन्द्र लिङदेनले कुनै समुदायमा एउटाले गल्ती गर्दा पूरै समुदायलाई आलोचना गर्ने प्रवृत्ति प्रति आपत्ति जनाएका छन ।
 
उनले जनता समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले टपरे बाहुन भन्दै जाती विशेषमाथि कटु आलोचना गरेको सन्दर्भमा सामाजिक सञ्जालमा उक्त टिप्पणी गरेका हुन् । उनले भनेका छन्, ‘एउटा मारवाडीले गल्ति गर्दा सबै मारवाडीलाई गाली, केही मुसलमानले गल्ती गर्दा पूरै मुस्लिम समुदायलाई प्रताडना र केही पुरेतले गल्ती गर्दा सिंगो जातलाई लाञ्छना ! किन हामी यति धेरै जातमुखी भयौं ? के हामीले बिर्सियौं ‘वसुधैव कुटुम्बकम’को सनातन परम्परा यही पावनभूमिबाट प्रारम्भ भएको ?’
जातीय राजनीतिको चर्को आलोचना गर्दै आएका लिङदेन प्रतिनिधिसभामा राप्रपाबाट निर्वाचित हुने एक मात्रै प्रतिनिधि हुन् । जातीय वैमनस्यता सिर्जना गर्ने, राष्ट्रिय एकतामा खलल पुर्याउन, नेपालको परम्परागत संस्कृतिको आलोचना गर्ने जस्ता क्रियाकलापका कारण आलोचित बन्दै आएका बाबुरामलाई उनले सामाजिक सञ्जालमार्फत कडा जवाफ दिएका हुन् ।
उनको यो भनाइ प्रति सर्वसाधारणले पनि सहमती जनाएका छन ।


 
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved