राप्रपा अध्यक्ष थापा स्वदेश फिर्ता

  • कार्तिक १४, २०७६
  • कालापानी मिडिया
alt

राप्रपा अध्यक्ष कमल थापा सप्ताहब्यापी चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कीएका छन ।

गत ८ कात्तिकमा आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटिएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन चीन जानुभएका अध्यक्ष थापा आज विहान ११ः१० बजे स्वदेश फर्किएका हुन् ।

थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जितेका थिए भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै अस्वस्थ्य भई खेल छाडेका थिए । आज अध्यक्ष थापालाई त्रिभुवन बिमानस्थलमा नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

यसैबीच, राप्रपाले २२–२४ कात्तिकमा तेस्रो चरणको ‘स्वाभिमान यात्रा’ गर्ने भएको छ । संगठन सुदृढीकरणका साथै पार्टीका राजनीतिक कार्यक्रम प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको यात्रा सिन्धुलीबाट सुरु भई रामेछाप, दोलखा र सिन्धुपाल्चोक हुँदै काभ्रेपलाञ्चोकमा समापन गरिने राप्रपाले जानाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

आजको मौसम : उच्च पहा ...

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौस ...

आज किराँत फाल्गुनन्द ...

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved