भिम पौडेल, बाँके । बाँकेको नेपालगन्जमा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार नेपालगन्जकै थप ७ जनामा कोरोना पुष्टि भएको हो।
मंगलबार भेरि अञ्चल अस्पताल नेपालगञ्ज प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ ७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर पुष्टि गरेका हुन्।
नयाँ संक्रमितमा नेपालगन्ज ८ निवासी २२, ३०, ४० वर्षिय पुरुष र ९, ३२, ३४, ५५ वर्षिया महिला रहेको जनाइएको छ । नेपालगन्जमा आज ११ वजेबाट निशेधाज्ञा समेत जारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved