काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कोरोना भाइरस महामारीबाट बच्न धैर्यता, आत्मसंयम् र अनुशासन आवश्यक रहेको बताएका छन्। थापाले पछिल्लो समयमा यस बिषयमा विज्ञहरुको सुझाव सकारात्मक, उपयोगी र व्यवहारिक हुने भन्दै अब संक्रमित/प्रभावित क्षेत्रको वर्गीकरण गरेर जनजीवन र अर्थतन्त्रलाई क्रमशः सामान्य बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य सामग्री ग्रहणका क्रममा उनले यस्ताे बताएका हुन्। कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै राप्रपा गैरसरकारी संस्था समन्वय विभागले अध्यक्ष थापालाई मकवानपुर जिल्लाका लागि ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेको छ। विभाग प्रमुख कुन्ती पोखरेलले अध्यक्ष थापालाई आज १० थान थर्मल गन हस्तान्तरण गरिन् . उनले लक्डाउन मा बिपन्नलाइ राहत बितरण गर्ने कार्यमा निरन्तरता दिएकी छिन ।