महिलालाई कस्तो पुरुष मन पर्छ होला भन्ने प्रश्न हरेक पुरुषको मनमा हुन्छ । उनीहरू यो तथ्य थाहा पाउन हर सम्भव प्रयास पनि गर्छन् । तर जीवनभर खोजिगर्दा पनि अधिकांश पुरुष महिला के देखेर पुरुषमा आकर्षित हुन्छन् भन्ने बुझ्न सकिरहेका हुँदैनन् ।
हालै गरिएको एक सोधेले भने यो प्रश्नको जवाफ दिएको छ ।लाइभ साइन्स नामक वेबसाइटमा प्रकाशित शोध अनुसार अत्यधिक प्रजनन क्षमता भएका महिला त्यस्तै उच्च उत्पादन क्षमता भएका पुरुषसँग आकर्षित हुन्छन् ।स्कटल्यान्डको स्टर्लिङ युनिभर्सिटीका शोधकर्ताले गरेको अध्ययन अनुसार पुरुषको प्रजनन क्षमता अनुसार उनीहरूप्रति महिलाको आकर्षण हुन्छ ।
यद्यपि प्रजनन क्षमता उच्च भएका पुरुषप्रति महिलाको आकर्षण केवल शारीरिक हो । यो आकर्षणकै कारण वैवाहिक सम्बन्धमा परिणत हुन्छ भन्ने निश्चित हुँदैन ।खासमा महिलाले सेक्सको लागि भने प्रजनन क्षमता भएका पुरुष खोजे पनि जीवन साथीको खोजी भने उनीहरूले फरक हिसाबले गर्छन् ।
मनोविज्ञान र हर्मोनको उत्तिकै भूमिका:
शोधका क्रममा प्रतियोगी महिलाले उनीहरूको मासिक चक्रका विभिन्न विन्दुमा पुरुषप्रति उनीहरूको भावना कस्तो हुन्छ भनेर बताएका थिए । सेक्सका लागि उच्च प्रजनन क्षमता भएका र जीवन बिताउनका लागि अलि फरक पुरुष चाहिने उनीहरूको भनाइ थियो ।पुरुषको से$स हर्मोनले महिलालाई निक्कै आकर्षित गर्छ ।
शोधकर्ता डेव फेडरिकका अनुसार पुरुषप्रतिको महिला आकर्षणमा से$स हर्मोन र उनीहरूको मनोविज्ञान उत्तिकै जिम्मेवार हुन्छ । पुरुषमा हुने टेस्टोरोन नामक से$स हर्मोन महिलालाई आकर्षित गर्ने मुख्य कारण हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved