जसले उडिरहेको विमानबाट श्रीमतीलाई समुद्रमा फ्याँकिदिए !

  • पुस १८, २०७८
  • कालापानी मिडिया
alt

न्यूयोर्कका एक सर्जनले आफ्नी श्रीमतीको घाँटी थिची हत्या गरेको र उनको शवलाई विमानबाट बाहिर फ्याँकेको कुरालाई सनसनीपूर्ण तरिकाले स्वीकार गरेका छन् । उनले करिब ४० वर्षदेखि आफूलाई यसमा निर्दोष बताउँदै आएका थिए ।

रोबर्ट बिरेनबमले आफ्नी श्रीमती गेल काट्जको सन् १९८५ मा हत्या गरेको अदालतसमक्ष स्वीकार गरेका छन् । आफू त्यतिबेला अपरिपक्व भएको र रिसलाई नियन्त्रण गर्न नसकेका कारण श्रीमतीको हत्या गरेको जानकारी दिए ।

‘उनले मलाई कचकच नगरोस् भन्ने म चाहन्थेँ, त्यसैले उनलाई आक्रमण गरेँ ।’ काट्सको हत्या अभियोगमा बिरेनबमलाई सन् २००० मा नै दोषी ठहर गरिएको थियो । तर उनले श्रीमतीको हत्यामा आफ्नो कुनै पनि संलग्नता नभएको बताउँदै आएका थिए ।

एक अनुभवी पाइलटसमेत रहेका बिरेनबमले आफूले श्रीमतीको घाँटी थिची हत्या गरेको, उनको शवलाई सानो विमानमा राखेको र विमान समुद्रमाथि पुगेपछि शव फ्याँकेको बताएका छन् ।

काट्जको शव कहिल्यै भेटिएन । बिरेनबमविरुद्ध मुद्दा चलाउने म्यानहटनका पूर्व जिल्ला अधिवक्ताले उक्त स्वीकारोक्तिमा आश्चर्य प्रकट गरेका छन् । ‘सुरुमा त कसैले मसँग ठट्टा गरेजस्तो लागेको थियो,’ डान बिबले भने ।

‘म यसकारण चकित भएँ किनभने उनले आफ्नी श्रीमतीको हत्या गरेको भनेर स्वीकार्छन् भनेर मैले सपनामा पनि सोचेको थिइनँ ।’ बिबले ती पूर्व प्लास्टिक सर्जनलाई ‘साइकोप्याथ’ को संज्ञा दिएका छन् ।

बिरेनबमले गेललाई सन् १९८० को सुरुवातमा भेटेका थिए । सुरुवाती भेटमा नै बिरेनबमले उनलाई म्यानहटन वरिपरि विमानमा सयर गराएका थिए । यसैकारण पनि गेल बिरेनबमबाट असाध्यै प्रभावित भएकी थिइन् ।

यद्यपि, गेलकी बहिनी एलेन काट्जले एबीसीसँगको कुराकानीमा बिरेनबम असाध्यै नियन्त्रण गर्ने खालको र हिंसात्मक रहे । एलेनले भनिन्, ‘मलाई एकदिन दिदीले फोनमा बिरेनबमले आफ्नो बिरालोलाई टोइलेटमा डुबाउन खोजेको बताइन् ।’ मैले त्यतिबेला दिदिलाई बबबाट तिमी टाढा रहनुपर्छ भनेर सुझाएकी थिएँ,’ एलेनले भनिन् ।

एलेन काट्जका अनुुसार एक रात गेलले बाल्कोनीमा चुरोट पिइरहेका बेला बिरेनबमले उनको घाँटी अँठ्याएका थिए । गेल काट्जले यसबारे प्रहरीलाई भनेपछि उनीविरुद्ध ऊजुरी लिइएन । रोबर्ट बिरेनबम एक सर्जन थिए, दक्ष स्किइर, सेफ र दक्ष पाइलटसमेत थिए ।

‘यो घटना सन् २०२१ मा हुँदो हो त रोबर्ट बिरेनबमलाई तत्काल हत्कडी लगाइन्थ्यो,’ बिबले भने, ‘घटना सन् १९८३ को थियो, त्यतिबेला केही गरिएन ।’ ७ जुलाई सन् १९८५ मा उनी हराएपछि बिरेनबमले काट्ज झगडा गरेर घर छोडेर गएको परिवारलाई बताए ।

उनले भने जीवन बाँच्न छोडेनन् । अन्य महिलालाई डेट गरे, पार्टीमा सरिक भए । काट्जको् परिवारले आफ्नो शंका प्रहरीसमक्ष लिएर गए । त्यसपछि म्यानहटनको जिल्ला अधिवक्ताको कार्यालयले यो मुद्दा चलायो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved