पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले ६ महिना मै ड्रागन फल फलाए

  • माघ ७, २०७६
  • कालापानी मिडिया
alt

सुमन केसी,
७ माघ, दाङ,
राजनीतिलाई त्यागेर ब्यवसायी कृषी पेशामा लागेका पूर्वमन्त्री लोकेन्द्र विष्टमगरले दाङको विजौरीमा शुरु गरेको ड्रागन फल (रातीकी रानी) रोपेको ६ महिना मै फलाउन सफल भएका छन् । दुई पटक मन्त्री भएसकेका विष्ट मगर पछिल्लो समय राजनीतिलाई छाडेर व्यवसायिक कृषि पेशामा लागेका हुन ।

Dragon-fruit-field

केही वर्षदेखि विभिन्न स्थानहरुमा कालो धानको खेती गर्दै आएका उनिले गतबर्ष बैशाख÷जेष्ठदेखि दाङको तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीमा ६६ कठ्ठा जमिन १५ बर्षको लागि भाडाँमा लिएर ड्रागन फल खेती सुरु गरेका हुन् । पूर्व पर्यटन तथा स्वास्थ्य मन्त्री विष्टमगरले करिब १५ बर्षको लामो अनुसन्धानबाट यो खेतीको सुरु गरेको बताए । ठुला ठुला विरुवाहरु रोपेको ९ महिना भयो, उनले भने, तर ६ महिना भित्र फलिसकेका छन् । सुरुमा कम फलेको थियो, त्यो समय फल्न समय थिएने । यो फल्ने समय असार, साउन र भाद्र महिना हो । यो विरुवा रोपको करिब २ बर्ष भित्र फल्ने गरेको भएपनि विरुवाहरु छिप्पेको हुनाले रोपको ६ महिनामा फलेको उनले वताए ।

dragon

यो फलको नेपालमा भित्रिएको अहिले १८ बर्ष भयो । अहिले संसार ड्रागन फुटमय भएको बताउँदै उनेले यो फलमा मानव शरिरमा रोगसंग लड्न सक्ने तत्व पाईने भएकाले अहिले संसारमा यसको महत्व बढ्दै गएको उनले बताए । ड्रागन खेती भित्री तराई–मधेश क्षेत्रमा उपयुक्त हुने गर्दछ । अहिले रोपेको विरुवाहरु २०÷२५ वर्षसम्म फल दिने समेत उनले बताए । उनले अबको सिजनमा करिब ५० कुइन्टलसम्म फल्ने र एउटा बोटबाट ३ देखि ५ किलोसम्म फल्ने बताए । बजारमा अहिले यसको मुल्य ७ सय देखि १९ सयसम्म छ ।

dragon-fruit

कृषीलाई पर्यटनसंग जोड्न पनि नेपालमा ठुलाठुला फर्महरु संचालन गर्नु पर्ने मगरको भनाइ छ । उनि भन्छन्, कृषी आफैमा पर्यटकीय गन्तब्य भएकाले नेपालमा बाझा जमिनमा नयाँनयाँ खेती गर्नसके पर्यटकीय गन्तब्य हुने छ । पूर्व मन्त्री विष्टको फर्ममा ड्रागन फ्रूटको बोटहरु निकै आकर्षक ढंगले हुर्किएका छन् । नांगो डाँडोमा ड्रागन फ्रुटको विरुवाहरु हुर्काएर सबैलाई चकित पार्नु भएको छ । विष्टको जाँगर र मेहनतले ‘गरे के हुँदैन’ भन्ने प्रमाणित भएको छ ।

download 2

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved