पहिलो पटक बेहुली घर आएपछि भागे बेहुला…

  • पुस २०, २०७८
  • कालापानी मिडिया
alt

प्रेम विवाह गरेकी श्रीमतीलाई श्रीमानले आफ्नो घर लगेका थिएनन् । विभिन्न बहाना गरेर उनले आल टाल गर्दै आएका थिए । तर श्रीमतीलाई शंका लागेर उनी आफै श्रीमानको घर जाने निर्णयमा पुगिन् । तर जब उनी श्रीमानको घर गइन् श्रीमान बेपत्ता भए । यो घटना भारतको झारखण्डको गोड्डामा भएको हो । पहिलो पटक श्रीमानको घर गएकी बेहुली घरबाहिर धर्नामा बसेपछि बेहुला फरार भएका थिए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर बेहुलीलाई प्रहरी चौकीमा ल्याएको थियो । सोधपुछका क्रममा युवतीले आफुले करिब ८ महिना अगाडि कान्हावारा गाउँका हरिराम साहसँग बिहे गरेको प्रहरीलाई बताइन् । तर बिहेपछि उनका श्रीमान हरिरामले उनलाई घर लैजान हिचकिचाउन थाले ।

यसैगरी आठ महिना बित्यो, त्यसपछि दुलही आफैं श्रीमानको घर जाने निधो गरीन् र श्रीमानको घर पुगिन् । तर श्रीमानका घरका परिवारले उनलाई स्वीकार गरेनन् । उनलाई घर भित्र प्रवेश गर्न दिएनन् । त्यसपछि उनी घरबाहिर धर्नामा बसिन् । नयाँ बेहुलीलाई धर्नामा बसेको देखेर गाउँका मानिसहरु जम्मा भएर मोबाइलबाट भिडियो बनाउन थाले । आफुलाई घरमा प्रवेश गर्न नदिनुको कारण उनले जान्ने कोशिष गरिन् । तर उनलाई कसैले केही भनेनन् ।

प्रहरीले दुलहीलाई प्रहरी चौकीमा ल्यायो

यसै क्रममा कसैले प्रहरीलाई फोन गरेर यस विषयमा जानकारी गरायो । युवतीलाई सम्झाउने प्रयास गरेपछि उनलाई प्रहरी चौकी लगियो । घटनाका सम्बन्धमा गोड्डाका उप९विभागीय प्रहरी अधिकारी आनन्द मोहन सिंहले युवतीले मु द्दा दर्ता गर्न अस्वीकार गरेको बताए। उनी खुसीसाथ श्रीमानको घर जान चाहन्छिन् । बेहुलीलाई राख्न श्रीमानका परिवारहरु तयार नहुनुको कारण थाहा पाउने प्रयास भइरहेको छ ।

दुलही आफ्नो घर गइन्
सोही क्रममा प्रहरीले हरिराम साहका परिवारलाई प्रहरी चौकी बोलाएको छ । वेहुलालाई पनि बोलाइएको थियो तर, उनी प्रहरी चौकीमा आएनन् । सोही क्रममा बेहुलीले श्रीमानविरुद्ध लिखित उजुरी दिन अस्वीकार गरेको प्रहरीले जनाएको छ । यसपछि दुलही आफ्नो माइती घर गइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved