सानै उमेरमा अर्वपति बनेर विश्वलाई चकित् बनाएकी युवतीको अचानक मृत्यु

  • पुस २०, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । सानै उमेरमा अर्बपति भएर विश्वलाई चकित् पारेकी युवतीको निधन भएके छ । उनको हृदय घा तका कारण निधन भएको बताइएको छ । सोशल कम्युनिटी प्लेटफर्म ‘पंखुडी’ र घर भाडामा दिने स्टार्टअप ‘ग्राभहाउस’ जस्ता स्टार्टअपकी संस्थापक पंखुडी श्रीवास्तवको निधन भएको हो । झाँसीमा जन्मिएकी उनी सानै उमेरमा अर्वपति बनेकी थिइन् । हालै ३२ वर्ष पुगेकी अर्बपति उद्यमी महिला पंखुडी श्रीवास्तवको निधन भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।

उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिइन् । कम्पनीले सामाजिक सञ्जाल मार्फत उनको निधन पुष्टि गरेको छ । ट्वीटमा भनिएको छ, ‘हाम्रो कम्पनीको प्रमुख कार्यकारी अधिकृत पंखुडी श्रीवास्तवको २४ डिसेम्बरमा अचानक हृदय घा’तका कारण निधन भयो ।’ उनका बुबा र कान्छो भाइ बेङ्गलोरमा छन् ।

पंखुडी श्रीवास्तवले आफ्नो बाल्यकालका साथी, काजू व्यवसायी आदित्यराज शर्मासँग २ डिसेम्बर २०२० मा झाँसी नजिकैको ओरछाको एउटा होटलमा विवाह गरेकी थिइन् । २ डिसेम्बर, २०२१ उनको विवाहको पहिलो वार्षिकोत्सव थियो । कान्छो भाइले बहिनी मुम्बई पुगेपछि बस्नको लागि फ्ल्याट चाहिएको सुनाए ।

उनले भाडामा फ्ल्याट पाउन धेरै कठिनाइको सामना गर्नुपरेको थियो । दलालहरूलाई चर्को शुल्क तिर्नुपरेको अनुभव उनीसँग थियो । त्यसपछि घर भेटियो। फल्याट खोज्दा निकै दुख पाएकी उनले कम्पनी नै खोल्ने निर्णय गरिन् । ठूला शहरमा मानिसहरूले घर पाउन धेरै संघर्ष गर्नु नपरोस् भनेर उनले कम्पनी शुरू गरेकी थिइन् ।

उनले २० हजार रुपैयाँमा २०१२ मा ग्राभहाउस कम्पनी खोलेकी थिइन् । कम्पनीले यति धेरै लोक प्रियता हासिल गर्यो कि त्यसको वार्षिक कारोबार लगभग भारु ७२० करोड रुपैयाँ पुग्यो । उनलाई रतन टाटाले डिनरमा निम्तो दिएका थिए । सन् २०१६ मा नगद र इक्विटी सम्झौतामा अनलाइन क्लासिफाइड कम्पनी क्विकरलाई बेचेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved