ड्र्यागन फ्रुटमा भेटियो कोरोना : सुपर मार्केट बन्द, क्वारेन्टिन बस्न निर्देशन

  • पुस २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । ड्र्यागन फ्रुटमा कोरोना भाइरस भेटिएपछि केही चिनियाँ सहरहरूले आयातित खानेकुराहरूको चेक जाँच सुरु गरेका छन् भने ड्र्यागन फ्रुट किनेकाहरूलाई क्वारेन्टिन बस्न निर्देशन दिएको छ ।

खानाबाट कोभिड १९ सर्छ भन्ने प्रमाण भने यथेष्ट छैन । तर, चीनको झेजियाङ र जियाङ्सी प्रान्तका कम्तीमा नौ सहरहरूले डिसेम्बरदेखि भियतनाम र थाइल्यान्डबाट आयात गरेका ड्र्यागन फ्रुटमा कोरोना भाइरस भेटेको दाबी गरेका छन् ।

यसले ती सहरहरूका सुपर मार्केटहरू अस्थायी रूपमा बन्द गरिएका छन् भने, कडा जाँच र  खास गरी भियतनामबाट ड्र्यागन फल भित्र्याउने ठाउँमा कडा नियन्त्रण गरिएको छ ।

चीनले कोरोना भाइरसविरुद्ध शून्य कोभिड केसको नीति अपनाएको छ । आउँदो महिना चीनमा सुरु हुने विन्टर ओलम्पिक अघि चीनले झनै बढी नियन्त्रणका उपायहरू अपनाइ रहेको छ ।

केही फलफूल किनेका व्यक्तिहरूमा सङ्क्रमण पुष्टि भएको छ भने, त्यहाँका हजार बढी नागरिकहरूलाई क्वारेनटिन बस्न स्थानीय सरकारले निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार भाइरस रहेको सतहलाई छुँदा सङ्क्रमण हुनसक्ने भए पनि खानाबाट कोरोना भाइरस सर्ने प्रमाणित भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved