बेलायतले भन्यो– रुसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्न सक्छ

  • फागुन ३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । रुसले आक्रमण गर्न सक्ने आशंकाको कारण पछिल्लो केही समययता निरन्तर युक्रेन संकट बढ्दै गएको छ।बेलायती विदेशमन्त्री लिज ट्रसले  युक्रेनमाथि रुसले जुनसुकै बेला आक्रमण गर्न सक्ने बताएकी छिन्। 

सरकारको एक आपतकालीन बैठकको अध्यक्षतापछि बोल्दै उनले रुसले कुनै पनि समयमा युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएकी हुन्।उनले युक्रेनमा रहेका सबै बेलायती नागरिकलाई मुलुक छाड्न आग्रह गरेकी छिन्। 

यद्यपि रुसका एक अन्तर्राष्ट्रिय मामिला अधिकारीले युक्रेनको सीमा क्षेत्रमा सैन्य अभ्यास हुनु कुनै ठूलो कुरा नभएको बताएका छन्।उनले यो नियमित अभ्यासको एक हिस्सा भएकाले आक्रमणको कुनै योजना नभएको पनि स्पष्ट पारेका छन्। 

यसअघि पनि रुसले निरन्तर आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ। साथै उसले पश्चिमा मुलुकले निरन्तर भ्रम फैलाइरहेको रुसको आरोप छ। रुसी अधिकारीले आफूहरुले युद्ध सुरु नगर्ने तर त्यसको अन्त्य भने गर्ने चेतावनी दिएका छन्। 

बेलायती विदेशमन्त्री ट्रसले रुसले युक्रेनमाथि आक्रमण गरे उसले गम्भीर परिणामको सामना गर्नुपर्ने चेतावनी दिएकी छिन्। गत साता बेलायती विदेशमन्त्रीले रुसी समकक्षीसँग पनि वार्ता गरेकी थिइन्।

उक्त वार्तामा भएको कुरामा रुस सन्तुष्ट नभएको ट्रसको भनाइ छ। अहिलेसम्म विश्वका १० भन्दा धेरै मुलुकले आफ्ना नागरिकलाई युक्रेन छाड्न निर्देशन दिइसकेका छन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved