प्रहरीको अलर्ट नोटिस जारी : ताल फेरी फुट्यो सुरक्षित रहनुहोस्

  • भदौ १२, २०८३
  • कालापानी मिडिया
alt

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् त्रिशुली नदी किनारका बासिन्दा तथा उद्धार कार्यमा खटिएका टोलीलाई उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेका छन्। ​

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको क्षेत्रमा पुनः तिब्बततर्फ पानीको इयाम फुटेको र लेदोसहितको पानीको बहाव बढेको सूचना प्राप्त भएपछि थप बाढी आउन सक्ने जोखिम सिर्जना भएको हो। ​

प्राधिकरणका प्रवक्ता/उपसचिव शान्ति महतद्वारा जारी विज्ञप्ति तथा नेपाल प्रहरीको सूचना अनुसार, जोखिमपूर्ण क्षेत्रमा रहेका सर्वसाधारण, उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्मीहरूलाई तत्काल सतर्क भई सुरक्षित स्थानतर्फ जान र अन्यलाई पनि सतर्क गराउन आग्रह गरिएको छ। ​

जोखिम क्षेत्रमा खटिएका तथा बसोबास गर्ने सबैलाई सम्भावित दुर्घटनाबाट बच्न पूर्वतयारीका साथ सुरक्षित रहन प्राधिकरणले अनुरोध गरेको छ।

 

FB_IMG_1787899347655

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

माथिल्लो त्रिशूली सु ...

काठमाडौँ। रसुवास्थित माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जना मजदुर तथा स्थानी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved