एजेन्सीः अफ्रिका महादेशको नामिबिया देशमा बस्ने हिम्बा नामक आदिवासी समुदायमा यस्तो परम्परा छ जहाका महिलाहरु बिहेको दिनमा मात्रै नुहाउने गर्दछन् ।
उक्त आदिवासी समुदायका महिलाहरूले आफ्नो जीवनकालमा केवल एकपटक मात्र नुहाउँछन् ।
वास्तवमा हिम्बा आदिवासी समुदायका महिलाहरूले आफ्नो जीवनमा केवल बिहेको दिन मात्र नुहाउने गर्दछन् । जीवनमा केवल एक पटक मात्र नुहाउने भए पनि उनीहरू सधै फ्रेस देखिन्छन् ।
उक्त आदिवासी समुदायका महिलाहरूले बिहेको दिनमात्र नुहाउन पाउँछन् र उनीहरूले अन्य बेला हातमुख धुन र कपडा धुनसमेत पानीको प्रयोग गर्न पाउँदैनन् ।
जीवनमा बिहेको दिनमा बाहेक पानीले नुहाउन नपाउने यी महिलाहरू जीउलाई सफा तथा ताजा राख्नका लागि विभिन्न खाले जडीबुटीहरूको प्रयोग गर्दछन् । त्यस्ता जडीबुटीहरूलाई पानीमा उमालेर त्यसकै बाफले शरीर सफा गर्दछन् ।
घामबाट छालालाई जोगाउनका लागि विशेष खालको लोसन प्रयोग गर्दछन् जुन जनावरको बोसो र फलाम जस्ता खनिज तत्वबाट बनेको हुन्छ ।
उक्त लोसनले उनीहरूलाई लामखुट्टेलगायतका किराहरूबाट पनि जोगाउँछ । उक्त समुदायका महिलालाई रेड म्यानको नामले पनि चिनिन्छ । उनीहरूले जीउको तल्लो भागमा केवल लुंगी जस्तो कपडा लगाउँछन् भने माथिल्लो भाग प्रायः नांगै हुन्छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved