काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक कोरम नपुगेर स्थगित भएको छ।
सार्वजनिक ऋण विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव भए पनि कोरम पुगेको थिएन। कोरम पुग्न ६९ जना सांसद चाहिन्छ।
तर बैठकमा ६७ जना मात्रै सांसद भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
प्रतिनिधि सभाबाट विमा विधेयक भने पारित भएको छ। आज बसेको बैठकले बहुमतले उक्त विधेयक पारित गरेको थियो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved