काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिलर्सका सदस्य सांसद कुबोटा तेत्सुयासँग भेटघाट गरेका छन् ।
जापानको टोकियोमा रहेको हाउस अफ काउन्सिलरमा सांसद शर्मा र जापानी सांसद कुबोटाबिच भेटघाट भएको हो ।गैरआवासीय नेपाली संघ (एनआरएन)का नेता तथा कांग्रेसका नेता चिरन्जीवी थापाको पहलमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध परापूर्वकालदेखि नै चल्दै आएको र त्यो जनस्तरसम्म पुगेको भन्दै दुई देशको सम्बन्धलाई अझै दिगो र प्रगाढ बनाउन दुवै देशका सांसदहरुले भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।
सांसद शर्माले जापानले नेपालको विकासमा ठुलो सहयोग गरेको बताउँदै जापान नेपालको ठुलो विकास साझेदार देश रहेकोले उक्त सहयोगलाई निरन्तर जारी राख्न जापानी सांसद कुबोटासँग आग्रह गरेका थिए । दुई सांसदबिचको भेटमा सांसद कुबोटालाई शर्माले बुद्धको देश नेपालमा स्वागत गर्न आफू आतुर रहेको बताए ।
भेटमा मोरंगको मिक्लाजुङ्ग गाउँपालिका अध्यक्ष बबि कुमार राई, नेपाली जनसम्पर्क समितिका सहमहामन्त्री तथा व्यवसायी जीवन खड्का लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved