काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आजदेखि स्थानीय तहका जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु गर्दैछ ।
कांग्रेसका तर्फबाट निर्वाचित देशभरका स्थानीय तहका प्रमुख र उप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई अभिमुखीकरण तालिम दिन लागेको हो ।
साथै अभिमुखीकरण कार्यक्रममा जिसस प्रमुख र उप्रमुखलाई पनि सहभागी गराइने जनाइएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अभिमुखीकरण कार्यक्रमको उद्घाटन ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा गर्ने बताइएको छ ।
कांग्रेस नेताहरुका अनुसार ७०० बढी सहभागी रहने छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved