४० वर्षमा ४४ सन्तानः श्रीमान् भने वेपत्ता

  • भदौ १, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । एक जना महिलाले कतिसम्म सन्तान उत्पादन गर्न सक्छिन्, सामान्यतया सबैलाई लाग्छ बढिमा १२ । १५ जना ।

तर युगाण्डाकी एक महिलाले ४४ जना बच्चा जन्माएको अनौठो खबर छ । त्यो पनि ४० बर्षमा ।

एनवाई पोस्टकाअनुसार ४४ सन्तान जन्माउने यी आमाको नाम मरियम नबातान्ज हो । उनी पूर्वी अफ्रिकाको युगान्डामा बस्छिन् । हाल उनी ४३ वर्षकी भइन् र उनले ४० वर्षको उमेरसम्म ४४ बच्चालाई जन्म दिइसकेकी एनवाई पोस्टले जनाएको छ ।

यी महिलाले परिवार नियोजनबारे सोच्दा डाक्टरले उनलाई यसका कुनै पनि तरिकाले उनीमाथि काम नगर्ने र यसले स्वास्थ्य सम्बन्धि गम्भीर समस्या पनि निम्तिन सक्ने जानकारी दिएका छन् ।


मरियमले एकपटक मात्रै एउटा बच्चा जन्माइन् । उनले चार पटक जुम्ल्याहा, पाँच पटक तीनजना र चार पटक पाँच सन्तानलाई जन्म दिइन् । उनको ६ सन्तानको मृत्यु भइसकेको छ । अहिले जीवित ३८ बच्चामा २० छोरा र १८ छोरीहरु छन् । यी सन्तानलाई उनले एक्लै पालिरहेकी छिन् ।

मरियम १२ वर्षको हुँदा उनका आमा–बुवाले उनलाई विवाहको बहानामा बेचिदिएका थिए । १३ वर्षको उमेरमा उनले आफ्नो पहिलो सन्तानलाई जन्म दिइन् । पहिलो सन्तानको जन्मपछि मरियमलाई महसुस भयो कि उनको फर्टिलिटी अन्य महिलाको भन्दा बढी छ । उनले लगातार यति धेरै बच्चा जन्माउन थालेपछि उनी डाक्टरलाई भेट्न गइन् र डाक्टरले उनलाई उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved