राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि

  • भदौ २, २०७९
  • कालापानी मिडिया
alt

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबार शुरु हुँदैछ।

एन् कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले ४० खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएका हुन्। प्रारम्भिक चरणको प्रशिक्षणमा कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्ती मगर, अञ्जन विष्ट, अनन्त तामाङलगायत अनुभवी खेलाडीलाई बोलाइएको छ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत १३ वैशाखमा प्रशिक्षण छाडेका १० खेलाडीमध्ये सुमन लामा टिममा अटाएनन्। नेपालले असोजको दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ। मैत्रीपूर्ण खेल ११ असोजमा दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved