संघीय संसद्को बर्खे अधिवेशन आजबाट सुरु,काङ्ग्रेसले अवरोध गर्ने संकेत

  • वैशाख २८, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । बजेट अधिवेशन भनिने संघीय संसद्को बर्खे अधिवेशन शुक्रबार शुरु हुँदैछ।

दुवै सदनको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे बोलाइएको छ। यसअघि मध्याह्न १२ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। त्यो बैठकले प्रतिनिधिसभाको पहिलो बैठकको कार्यसूची तय गर्नेछ।

संसद्को यो अधिववेशन पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अडानका कारण प्रभावित बन्ने देखिएको छ। सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन गर्न कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आएको छ।

संसद्को अघिल्लो अधिवेशनको अन्त्यतिर पनि उसले यही माग राख्दै सदनमा अवरोध गरेको थियो। तर सत्तारुढ दलले भने यसलाई अस्वीकार गर्दै आएका छन्। यसअघि बिहीबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठक बिनानिष्कर्ष टुंगिएको थियो।

सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल आआफ्ना मागमा अडिग रहेपछि बैठक निष्कर्षविहीन बनेको हो। बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरू संसदीय छानबिन समिति बनाउनुपउर्ने मागमा अडिग रहेको दोहोर्‍याएका थिए ।

तर, सत्तारूढ दलहरू संसदीय छानबिन समिति बनाउन सकारात्मक भएनन्। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समिति बनाउन आवश्यक नरहेको प्रतिक्रिया दिए। संसद् सहजरूपमा चल्न दिनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved