काठमाडौं । अभियन्ता सुमन सायमीले प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर–८ बाट उम्मेदवारी दिने भएका छन्।
यसअघि चुनाव लड्नेमात्र जानकारी गराएका तर कहाँबाट लड्ने भन्ने पक्का नभएका सायमीले काठमाडौं ८ बाट चुनाव लड्ने घोषणा गरेका हुन्।
उनीले गत वैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा काठमाडौँ महानगरपालिकाको मेयरमा पनि उम्मेदवारी दिएका थिए।
मेयर बालेन शाहसँग पराजित भएका सायमीले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved