काठमाडौं । जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारतले जित निकालेको छ ।
बिहीबार भएको खेलमा भारतले घरेलु टोलीलाई १० विकेटको फराकिलो अन्तरले हराएको हो ।
घरेलु टोलीले दिएको १ सय ९० रनको लक्ष्य पाहुना टोलीले ३० ओभर ५ बलमा बिना विकेटको क्षतीमा पूरा गर्यो ।
उसका लागि शिखर धवन र शुभमन गिल दुबैले अविजित रहदै ८१ र ८२ रन बनाए ।
त्यस अघि पहिले ब्याटिङ गरेको जिम्बाबेले ४० ओभर ३ बलमा अलआउट हुनु अघि १ सय ८९ रन बनाएको थियो ।
उसका लागि कप्तान रिगिस चाकाभाले ३५ तथा रिचार्ड नगाभाले ३४ रन बनाए । ब्राण्ड इभान्सले अविजित ३३ तथा लुन्की जोन्गावले १३ रन बनाए ।
पाहुना टोलीका लागि दीपक चाहर,प्रसिद्ध कृष्णा तथा अक्षर पटेलले समान ३र३ तथा मोहम्मद सिराजले १ विकेट लिए।
दुई टोलीबीचको तेस्रो एकदिवसीय खेल शनिबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved