काठमाडौं । काठमाडौं सडकमा अत्याधुनिक बस सेेवा संचालन हुने भएकाे छ ।
नमस्ते शुक्लफाँटा यातायात प्राली ले अत्याधुनिक बस सेवा संचालन गर्ने भएकाे हाे । चैत्र २३ गते बाट सेवा शुभारम्भ गर्ने तयारि गरेकाे प्रालीका बरिष्ट उपाध्यक्ष सुरेश खड्काले बताए ।
बस चालक भुवन भट्टका अनुसार बसमा साेफा सेट सिट रहेका छन भने कम्मर र टाउकाेलाई समेत आरामदायी हुने गरि ब्यवस्थापन गरिएको छ । बसमा सिसि क्यामरा, सिटमा माेवाईल चार्जर, वासरुम, एसि, हिटर, वाईफाई लगायत सुबिधा समेत रहेको छ ।
चालक भुवन भट्ट भन्छन्, यो बसमा सेवा सुबिधा भढी भएपनी भाडादर भने अन्य बस जस्तै छ । हामिले अन्या बस जस्तै २७३३ रुपैयाँ मात्रै भाडा कायम गरेका छौ । यसले यात्रुलाई मनोरञ्जन संगै आरामदायी सेवा दिनेमा उनी ढुक्क छन ।,
याे स्तरकाे सेवा महेन्द्रनगर काठमाडौं रुटमा पहिलाे पटक सुरु हुँदै छ । बिगतमा विभिन्न सेवाहरु सुरु भएपनि यस्ताे स्तरकाे सिट र सिसि क्यामेरा लगायत सुबिधा सुरु हुन सकेकाे थिएन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved