रुसमा जनसाङ्ख्यिकीय चुनौती बढ्दै,घट्दो जन्मदर उल्ट्याउन कडा मेहनत

  • साउन १२, २०८१
  • कालापानी मिडिया
alt

एजेन्सी । क्रेमलिनले शुक्रबार रुसमा घट्दो जन्मदर उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ। उसले ‘संकटपूर्ण’ जनसाङ्ख्यिकी प्रवृत्तिले मुलुकको भविष्यलाई जोखिममा पारिरहेको चेतावनी दिएको छ।

सोभियत संघको पतनपछि रुसले वृद्ध जनसङ्ख्या, युक्रेनमा द्वन्द्वका कारण पुरुषहरूको बहिर्गमन र १७ वर्षमा सबैभन्दा कम प्रजनन दरजस्ता धेरै जनसाङ्ख्यिकीय चुनौतीहरूको सामना गर्नुपरेको छ।

‘अहिले यो धेरै न्यून स्तरमा छ अर्थात् प्रतिमहिला जन्म १।४। यो युरोपेली मुलुकहरू र जापान आदिको बराबर हो तर यो मुलुकको भविष्यका लागि संकटपूर्ण छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले मिडिया फेस्टिबलम भने, ‘धेरै बच्चा हुने जो कोही पनि नायक हुन्, हामी विश्वको सबैभन्दा ठूलो देशमा बस्छौँ र हरेक वर्ष हाम्रो सङ्ख्या कम भइरहेको छ, यसलाई सामना गर्ने एक मात्र तरिका भनेको जन्म दर बढाउनु हो।’

सन् १९९१ मा सोभियत सङ्घको विघटनको समयमा रुसको जनसङ्ख्या करिब १४ करोड ८० लाख थियो । यो सन् १९९० को दशकमा उच्च मृत्यु र कम जन्मको लामो अवधिपछि अहिले करिब १४ करोड ४० लाख भएको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले ठूला परिवारलाई उदार भुक्तान र धितो अनुदानको प्रस्ताव गरे पनि सोभियत कालदेखि मुलुकको जन्मदरमा सुधार हुनसकेको छैन।

हालका समस्याहरूमा ठूलो सङ्ख्यामा कोभिडबाट मृत्यु, युक्रेनमा लड्न परिचालन हुनबाट बच्न सन्तानसहित भाग्नु र सन् २०२३ मा १० वर्षको न्यूनस्तरमा रूसमा बसाइँ सर्नु समावेश छ।

सन् २०४० को दशकसम्ममा रुसको जनसङ्ख्या १३ करोडसम्ममा झर्ने जनसाङ्ख्यिकी विशेषज्ञको अनुमान गरेका छन्।

‘दुर्भाग्यवश यो एउटा प्रवृत्ति हो’, पेसकोभले भने, ‘अवस्था केही समयका लागि कठिन रहनेछ तर सरकारले यो मुद्दामा कडा मेहनत गरिरहेको छ र यो रुसको राष्ट्रपतिको शीर्ष प्राथमिकताहरूमध्ये एक हो।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
छोरीहरूलाई अँगाल्दै ...

​काठमाडौँ। "मलाई बाहिर नतान... तल हिलोमा मेरा छोरीहरूले मेरो हात समातिरहेका छन्!" ​विपत्तिको भयानक द ...

बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

बागमती विश्वविद्यालय ...

हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्ष ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved