नेपालले गर्यो बंगलादेशलाई १०६ रनमा अल आउट

  • असार ४, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । आइसिसी टी-२० विश्वकपमा नेपालले बंगलादेशलाई १०६ रनमा अल आउट गरेको छ।

सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेल खेलेको नेपालले बंगलादेशलाई १९.३ ओभरमा अल आउट गरी १०६ रनमा समेटेको हो। नेपालले अन्तिम खेलमा जितका लागि १०७ रनको लक्ष्य पाएको छ।

अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीको बलिङमा बंगलादेशका मुस्ताफिजुर रहमान रन आउट भएका थिए। त्यसअघि नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र सन्दीप लामिछानेले २/२ विकेट लिएका थिए। नेपालका लागि सोमपाल कामीले खेलको पहिलो बलमै विकेट लिएका थिए। उनले बंगलादेशका ओपनर तान्जिड हसनलाई आउट गरे।

लगत्तै दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले नेपालका लागि दोस्रो विकेट लिए। दोस्रो ओभरको तेस्रो बलमा उनले बंगलादेशका कप्तान नजमुल हुसेन सान्तोलाई बोल्ड गरे।

नेपालले ४.३ ओभरमा तेस्रो विकेट लियो। सोमपाल कामीले लिटन दासलाई आसिफ शेखबाट क्याच आउट गराए। ५.४ ओभरमा चौथो विकेट कप्तान रोहित पौडेलले लिए। उनले बंगलादेशका टोहिड हृदोयलाई सन्दीप लामिछानेबाट क्याच आउट गराए।

८.६ ओभरमा बंगलादेशका महमुदउल्लाह सन्दीप लामिछानेको बलिङमा रन आउट भए। ११.४ औं ओभरमा कप्तान रोहित पौडेलले शाकिब अल हसनलाई बोल्ड गरे। सातौं विकेट सन्दीप लामिछानेले लिए।

उनले १३.२ ओभरमा बंगलादेशका तान्जिम हसन साकिबलाई बोल्ड गरे। १५.३ ओभरमा लामिछानेले जाकर अलीलाई बोल्ड गरे। नवौं विकेट दीपेन्द्र सिंह ऐरीले लिए। उनले १७.१ ओभरमा रिसद हुसेनलाई अनील साहबाट क्याच आउट गराए। यसरी सोमपाल कामीले ३ ओभरमा १० रन खर्चिएर २ विकेट लिए।

दीपेन्द्र सिंह ऐरीले २ विकेट लिन २२ रन खर्चिए। रोहित पौडेलले ४ ओभर बलिङ गरेर २ विकेट लिँदा २० रन खर्चिए भने चारै ओभर बलिङ गरेका सन्दीप लामिछानेले १७ रन खर्चिएर २ विकेट लिए। कुशल भूर्तेलले ४ ओभर बलिङ गर्दा २२ रन खर्चिएर विकेटविहीन रहे। एक ओभर बलिङ गरेका अभिनास बोहरा १० रन खर्चिए।

नेपालको घातक बलिङमा बंगलादेशका ओपनर तान्जिड हसन शून्यमा, लिटन दास १० रनमा, कप्तान नजमुल हुसेन शान्तो ४ रनमा, शाकिब अल हसन १७ रनमा, टोहिड हृदोय ९ रनमा, महमुदउल्लाह १३ रनमा, जाकर अली १२ रनमा, तान्जिम हसन शाकिब ३ रनमा, रिसद होसेन १३ रनमा, तास्किन अहमद १२ रनमा र मुस्ताफिजुर रहमान ३ रनमा आउट भए।

सुरुवाती तीन खेलमा जित निकाल्न नकसेपछि नेपाल सुपर-८ मा पुग्न असफल भएको छ। नेपाल तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो।

पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको हार बेहोर्दा श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल भद ...

काठमाडौं । आज २०८१ साल भदौ १८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख। भाद्र शुल्क पक्षको प् ...

काङ्ग्रेस केन्द्रिय ...

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दुुराष्ट्रसम्बन्धी माग भएपछि होहल्ला भए ...

न डिस्को न ह्विस्की, ...

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले आयोजना गरेको ‘कल्चरल थिम मेकअप प्रतिस्प ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved