न डिस्को न ह्विस्की,मौलिक ड्रेसमा फेसियल हाउसको तिज दर कार्यक्रम सम्पन्न

  • भदौ १७, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले आयोजना गरेको ‘कल्चरल थिम मेकअप प्रतिस्पर्धा तथा फेसियल हाउस प्रोफेसनल फेसन शो’को ताज सुजिना श्रेष्ठले जितेकी छिन् ।

नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा फेसियल हाउसले शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित बगानभिल्लामा आयोजना गरेको ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रममा भएको प्रतिस्पर्धामा उनले सो ताज जितेकी हुन् । प्रतिस्पर्धामा फर्स्ट रनर अप निलु तामाङ र सेकेण्ड रनर अप अर्चना कुमारी यादव भइन् ।

सुनिता मोक्तान, शान्ति विष्ट मल्ल, समिता तामाङ, अञ्जली गौतम, शान्ति पाख्रिन, शिल्पा रोय थारु, अञ्जना श्रेष्ठ, हिरा उपाध्याय, शुभश्री प्रधान, गंगामाया खुट्टे, सुम्निमा तिवारी, जयन्ती गिरी, प्रतिमा खड्का, सुनिता विश्वकर्मा, बीमा माया वाईबा तामाङ, रजिना अधिकारी, निर्मला तामाङ, इर्फान अन्सारी र साधना तामाङले उक्त प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।

‘फेसियल हाउस एकेडेमी’का ब्युटीसियनहरूको कल्चरल थिम मेकअप प्रतिस्पर्धा तथा फेसियल हाउस प्रोफेसनल फेसन शो प्रस्तुतिका निर्णायकहरूमा अधिवक्ता आकृति रायमाझी, आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका अध्यक्ष फुपू तेन्जिङ शेर्पा, वरिष्ठ ब्युटीसियन सशी शाह, वरिष्ठ पत्रकार उषा लोहनी र पत्रकार गंगा लामा थिए ।

प्रतिस्पर्धाको कोरियोग्राफी आरुषा महर्जनले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ र अतिथिहरूमा नेकपा एमालेकी नेत्री एवम् पूर्व सांसद शान्ता चौधरी, डा. राज्यश्री श्रेष्ठ, नेपाल ब्युटीसियन संघकी पूर्व अध्यक्ष भगवती खड्का, अरुणा रायमाझी, लिला जीसीलगायत थिए ।

यसरी हरेक वर्ष फेसियल हाउसले गर्दै आएको तिज दर कार्यक्रम यस वर्ष भने भिन्न किसिमले हाम्रो मौलिक सस्कृतिलाइ झल्किने गरेर सम्पन्न गरिएको हो ।

फेसियल हाउसकी सन्चालिका वरिष्ठ ब्युटिसियन सुस्मा महराले एक्लै आट गरेर आयोजना गरेको यो भब्य र फरक कार्यक्रमले फरक सन्देश पनि दिएको छ । अहिले तिज निकै भड्किलो छ त्यो हामीलाइ थाहै छ तर सुस्मा महराले भने यस पटक साहसनै गरेर तिजनै अर्कै शैलिमा बदलिदिएकी छिन अझ भन्ने हो भने उनले राखेको यो कार्यक्रममा न डिस्को डान्स देखियो न हुस्की बेयर केबल देखियो भेज दर र मैलिक ड्रेसमा महिलाहरुको उपस्थिती,जुन दृश्यले सबैको ध्यान तान्यो जस कारण कार्यक्रम सुरुवात देखि अन्त सम्म सहभागी दर्शकहरुले आँखा तानी तानी कार्यक्रम हेरिरहे ।

सहभागी कलाकारले समेत मौलिक तीज गीतमा मात्रै नृत्य गरेको देखिन्थ्यो भने कार्यक्रमको सुरुवातनै राष्ट्रिय गीतबाट सुरुवात गरिएको थियो जुन दृश्यले सबैको मन झस्काएको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved