आईसीसी टी-२० विश्वकप क्रिकेटमा शनिवार उपाधि भिडन्त हुँदैछ

  • असार १६, २०८१
  • कालापानी मिडिया
alt

आईसीसी टी-२० विश्वकप क्रिकेटमा शनिवार उपाधि भिडन्त हुँदैछ। अहिलेसम्म एक खेल पनि नहारेको भारत र दक्षिण अफ्रिकाबीच उपाधि भिडन्त हुन लागेको हो।

वेष्ट इण्डिजको बार्बाडोसको केन्सिङ्टन ओभल स्टेडियममा नेपाली समयअनुसार बेलुकी सवा ८ बजे हुने फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान छ । दक्षिण अफ्रिका चोकरको दाग मेटाउँदै पहिलो पटक विश्वकपको फाइनल पुगेको हो भने भारत पनि १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा पुगेको हो ।

सन् २००७ मा टी–२० विश्वकपको उपाधि उचालेको भारतलाई १७ वर्षपछि इतिहास रच्ने सुनौलो मौका पनि छ । पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले पहिलोपटक विश्वकपको सेमिफाइनल खेलेको अफगानिस्तानलाई हराउँदै फाइनले यात्रा तय गरेको हो ।

सन् २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डसंग भोगेको हारको बदला लिँदै भारत फाईनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल भद ...

काठमाडौं । आज २०८१ साल भदौ १८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख। भाद्र शुल्क पक्षको प् ...

काङ्ग्रेस केन्द्रिय ...

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दुुराष्ट्रसम्बन्धी माग भएपछि होहल्ला भए ...

न डिस्को न ह्विस्की, ...

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले आयोजना गरेको ‘कल्चरल थिम मेकअप प्रतिस्प ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved