घर तोडफोड प्रकरण : धरान उपमेयरका भाइसहित ८ जना पक्राउ

  • भदौ २७, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाको घर तोडफोड र आक्रमणमा संलग्न ८ जना पक्राउ परेका छन् । मंगलबार धरानमा भएको ग्याङ फाईटको अनुसन्धानका लागि उपमेयर अइन्द्रका भाई विष्णुसहित ८ जनालाई नियन्त्रणमा लिएको धरानका डीएसपी नवराज मल्लले बताए ।

पक्राउ पर्नेहरुमा विष्णुसहित उनको समूहका बाघवीर भन्ने सुरज तामाङ, मेनल तामाङलाई रहेका छन् । त्यस्तै सन्देशका ग्याङका अमृत तामाङ, अनिल मगर, सागर भनिने दीपेन्द्र राई, सञ्जीव राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुरुमा विष्णु सहितको समूहले धरान १५ सूर्यवस्तीका सन्देश राईलाई धारिलो हतियार प्रयो गरि घाइते बनाएको थियो । सन्देशको समूहलाई आक्रमण गरेपछि सो समूहले विष्णु बेघालाई घरैमा गएर कुटेको थियो ।

सन्देशलाई काटेर घरमा बसेको बेला उपमेयर बेघाको घरमा प्रवेश गरी विष्णु बेघामाथि धारिलो हतियार प्रहार गरेको मल्लले बताए । पुरानो रिसीइबीका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

विष्णुको समूहले काटेका सन्देशको अवस्था चिन्ताजनक रहेको छ । सन्देशको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल भद ...

काठमाडौं । आज २०८१ साल भदौ १८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख। भाद्र शुल्क पक्षको प् ...

काङ्ग्रेस केन्द्रिय ...

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दुुराष्ट्रसम्बन्धी माग भएपछि होहल्ला भए ...

न डिस्को न ह्विस्की, ...

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले आयोजना गरेको ‘कल्चरल थिम मेकअप प्रतिस्प ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved