चीनले निर्माण गरेको विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

‘आयोजनाको विद्युतले वार्षिक दुई करोड टन कोइलाको खपत घटाउँछ

  • असार १४, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी / काठमाण्डौ । चीनले निर्माण गरेको विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । याङ्सी नदीको सहायक नदीका रूपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत् उत्पादन हुन थालेको समाचार संस्था एपीले जनाएको छ ।

आयोजनाको उत्पादन क्षमता १६ हजार मेगावाट रहेको छ । जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत् उत्पादनमार्फत विद्युतको माग पूरा गर्ने चीनको योजनाअनुसार चीनमा ठूला जलविद्युत् गृहहरू निर्माण भइरहेका छन् ।

चीनले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयौँ वार्षिक उत्सव मनाउन लाग्दा आयोजनाको परीक्षण उत्पादन सुरु गरेको हो । बाइहेटान बाँधको उचाइ दुई सय ८९ मिटर अग्लो हुनेछ र एक हजार मेगावाट क्षमताका १६ वटा विद्युत् उत्पादन जेनेरेटर जडान गरिएका छन् ।

विश्वकै ठूलो जलविद्युत् आयोजना थ्री गर्जेज पनि चीनमै छ । जसको उत्पादन क्षमता २२ हजार पाँच सय मेगावाट रहेको छ । यी दुवै विद्युत् आयोजना राज्य नियन्त्रित थ्री गर्जेज ग्रुप कर्पोरेशनले निर्माण गरेको हो ।

जलविद्युत् आयोजनाबाट समुदाय र खेतीपाती डुबानमा पर्ने तथा नदीको जैविकता विशृङ्खलित बनाउने, माछा र अन्य प्रजातिको अस्तित्वमा खतरा उत्पन्न हुने भन्दै विश्वका अन्य कतिपय देशले जलविद्युत् उत्पादनलाई त्याग्न थालेका बेला चीनले भने ठूला आयोजना निर्माणलाई जोड दिएको छ ।

बाइहेटान विद्युत् गृहबाट उत्पादित विद्युत् उत्पादन पूर्ण क्षमतामा हुन थालेपछि बर्सेनि दुई करोड टन कोइलाको खपत कम हुने चिनियाँ अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कोरोना खोप लगाउनेमा ...

लण्डन । कोरोनाकालमा एस्ट्राजेनेकाले बनाएका खोप लगाउने सुरक्षित छन् त? बेलायती कम्पनी एस्ट्राजेनेकाले ...

इमानदार भएर संगठन वि ...

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इम ...

युक्रेनका थप दुई गाउ ...

मस्को । रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ । यसमा दुई वर्षअघि आफ्ना ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved