डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा

  • असार २०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत शनिबार राति भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २(१ ले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान बनाएको हो ।

अजरवैजानस्थित बाकु मैदानमा भएको खेलमा डेनमार्का लागि थोमस डिलाने र क्यास्पर डलबर्गले पहिलो हाफमा गोल गरे । चेकका लागि प्याट्रिक सिकले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमै थोमस डिलेनेले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । जेन्स स्ट्रराइर लार्सनको कर्नमार पेनाल्टीमा अनमार्क रहेका डिलानेले गोल गरेका थिए ।

४२औं मिनेटमा क्यास्पर डलबर्गले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे । योकि माहलेको पासमा डोलबर्गले गोल गरेका हुन् । जारी युरोकपमा डलबर्गको यो तेस्रो गोल हो ।

पहिलो हाफमा दुई गोलले पछि परे पनि दोस्रो हाफमा चेकले सुरुआतदेखि नै डेनमार्कमाथि दबाब बनाउन थाल्यो । र ४९औं मिनेटमा चेकका प्याट्रिक सिकले गोल गरे । उनले भ्लादिमिर काउफलको पासमा गोल गरेका थिए ।

यस गोलपछि सिकले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो समान ५ गोल गरेका छन् । रोनाल्डोले एक असिस्टसमेत गरेकोले रोनाल्डोले गोल्डेन बुट होडमा अगाडि छन् ।
त्यसपछि भने खेलमा गोल हुन सकेन र

डेनमार्क सन् १९९२ मा उपाधि जितेपछि पहिलो पटक सेमिफाइनल पुगेको हो । डेनमार्कले अब फाइनल पुग्न इंग्ल्यासँग खेल्नेछ । इंग्याल्ड पनि शनिबार राति नै युक्रेनलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कोरोना खोप लगाउनेमा ...

लण्डन । कोरोनाकालमा एस्ट्राजेनेकाले बनाएका खोप लगाउने सुरक्षित छन् त? बेलायती कम्पनी एस्ट्राजेनेकाले ...

इमानदार भएर संगठन वि ...

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इम ...

युक्रेनका थप दुई गाउ ...

मस्को । रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ । यसमा दुई वर्षअघि आफ्ना ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved