आज राति देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, विशेष सावधानी अपनाउन आग्रह

  • असार २४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । आज राति देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । मौसमविद्ले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्श सूचना निकाल्दै सावधानी अपनाउन आग्रह गरेका हुन् ।

मौसमविद् सजिना शाक्यका अनुसार राति प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । राति लगातारजसो झरी पर्ने नै अनुमान गरिएको छ । यसले गर्दा पहाडी क्षेत्रमा बाढी, पहिरो र तराईमा डुबानको जोखिम रहेको उनले बताए । भोलि शनिबारपनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ ।

मनसुन थप सक्रिय हुने भएकाले आज रातिदेखि धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको हो । मनसुनी न्यून चापीय रेखा अहिले पश्चिमी भू-भागबाट उत्तरतिर सर्दै गरेकाले पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् । यस्तै, आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved