२०८१ साल वैशाख २८ गते शुक्रबारको राशिफल

  • बैशाख २८, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८१ साल वैशाख २८ गते शुक्रबार तदनुसार सन् २०२४ मे १० तारिख। वैशाख शुल्क पक्षको अक्षय तृतीया, परशुराम जयन्ती। महिला ज्योतिष संघ स्थापना दिवस परेका छन्। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।

मेष : मनमा उत्साह बढ्नेछ। आम्दानी हुने दिन छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर रहनेछ।

वृष : समाजले साथ दिने योग छ। धन जोगाउन कठिन हुनसक्छ। शक्तिशाली ग्रह खराब स्थानमा रहेकाले खर्च बढ्ने देखिन्छ। परिवारको साथ मिल्नेछ। जुनसुकै काम गर्नु अगाडि परिवारसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ।

मिथुन : निर्णय क्षमता कमजोर हुँदा काममा अलमल हुने देखिन्छ। लगानी र श्रम गर्न हिम्मत गरे अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारबाट सकारात्मक सहयोग प्राप्त हुनेछ।

कर्कट : हरेक क्षेत्र विवादित रहेकाले व्यवहार गर्नुअघि सचेत हुनुपर्ने देखिन्छ। झुटा आरोप लाग्ने जोखिम देखिन्छ। यसले गर्दा तनाव बढ्नसक्छ। अढैया शनिदेवका कारण मन शान्त नहुने हुन्छ। पिपलको दर्शन मात्र गरेमा धेरै समस्याको समाधान हुनेछ।

सिंह : संघर्ष गरेर सफलता प्राप्त गर्ने दिन हो। शिक्षाको क्षेत्रमा मेहनत आवश्यक छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्य खराब हुनेछ। श्रमको उचित मूल्यंकन हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। काममा जाँगर बढ्ने देखिन्छ। स्वास्थ्य क्षेत्रमा लगानी गरेको भए सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। पूर्वको लामो यात्रामा नगर्नु राम्रो हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ।

तुला : वादविवाद वा तर्क गर्नुपर्ने ठाउँमा तपाईं सफल बन्नुहुनेछ। सम्पत्ति गुम्ने जोखिम भएकाले निजी कारोबार नगर्नु राम्रो हुन्छ। परिवारसँग मिलेर गरेको लगानीबाट भने उन्नति हुनेछ।

वृश्चिक : दिन रमाइलो छ। नयाँ साथी र नयाँ ठाउँको भ्रमणले मन खुशी हुनेछ। खुट्टा तान्ने साथीहरु शान्त रहनेछन्। लगानीको क्षेत्रबाट लाभ प्राप्त हुनेछ। परिवारसँग सल्लाह गरेर काम गर्नु राम्रो हुनेछ।

धनु : शिक्षा क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने देखिन्छ। वैदेशिक क्षेत्रको लगानी खराब व्यक्तिको हातमा पुग्ने जोखिम हुनसक्छ। आर्थिक कारोबार गर्दा सचेत हुनु राम्रो हुन्छ। सामाजिक क्षेत्र र परिवारबाट सहयोग पुग्नेछ।

मकर : सोचेका काममा अवरोध हुनसक्छ। झुटा आरोपको सामना गर्नुका साथै विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ। दिउँसो प्राप्त भएको राम्रो सन्देशले मन खुशी हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : आफन्तले नै तपाईंको विरोध गर्ने दिन छ। लगानी गर्नुअघि सोचेर अगाडि बढ्नु राम्रो हुनेछ। स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ। अपरिचित मानिसको साथ र सहयोग प्राप्त हुनसक्छ।

मीन : आफ्नो क्षमता बुझेर काम गर्नु राम्रो हुन्छ। अचानक रिस उठ्दा आइपरेको समस्याको समाधान आफैंले गर्नुपर्ने हुनसक्छ। शनिको प्रभावले देखिएको रिस र उदासपनलाई रोक्न आफैं सक्रिय हुनुपर्नेछ। अरुको प्रभावमा नपरी गरेको काम सफल बन्नेछ। परिवारको सहयोग आवश्यक देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा ज्ञानेन्द्र शाह ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले ललितपुरको पाटन दरबार क्षेत्रलगायतको अवलोकन भ्रमण गर्नु भएको छ। रा ...

मैले कसैलाई धम्की दि ...

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा आफूले कसैलाई धम्की नदि ...

प्रचण्डलाई कांग्रेस ...

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धम्की दिएर तर्साउन नखोज्न प्रधानमन्त्री पु ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved