श्रीलङ्काको राष्ट्रपति निवासमा करोडौँ रुपैयाँ भेटिएको दाबी

  • असार २७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । श्रीलङ्काको राष्ट्रपति निवासमा करोडौँ रुपैयाँ भेटिएको दाबी गरिएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवनमा करोडौँ रुपैयाँ नगद भेटिएको दाबी गरेका हुन् । शनिवार राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपतिको सरकारी निवासबाट करोडौँ रूपैयाँ नगद बरामद गरेको भनिएको छ ।

सामाजिक सञ्जालमा केही भिडियो सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीले नोट गनिरहेको देख्न सकिन्छ । ठूलो सङ्ख्यामा प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । श्रीलङ्काका सञ्चारमाध्यमका अनुसार राष्ट्रपति भवनबाट बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ ।

अनुसन्धान अधिकारीले भने तथ्य जाँचपछि मात्रै यसबारे भन्न सकिने बताएका छन् । आर्थिक मन्दीको सामना गरिरहेको श्रीलङ्काको अवस्था झन् दयनीय बन्दै गइरहेको समयमा प्रदर्शनकारीले अस्ति शनिवार राष्ट्रपति कार्यालय कब्जामा लिएको घोषणा गरेका थिए ।

राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा पुगेपछि राष्ट्रपति गोटाबाया राजापाक्षे राष्ट्रपति भवन छोडेर भागेका छन् । राष्ट्रपति राजापाक्षेले यही जुलाई १३ तारिखमा राजीनामा दिने बताए पनि राजीनामा नआएसम्म राष्ट्रपति भवन नछाड्ने प्रदर्शनकारीहरुको अडान छ । प्रदर्शनकारीले प्रधानमन्त्री रनिलविक्रमा सिङ्घेको सरकारी निवासमा समेत आगजनी गरेका थिए । प्रधानमन्त्रीले पनि राजीनामा दिने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved