भारतमा नक्कली रक्सी पिउँदा १९ जनाको मृत्यु, ४० बढी गम्भीर बिरामी

  • श्रावण १०, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । भारतमा नक्कली रक्सी पिउँदा १९ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी गम्भीर हालतमा अस्पताल पुर्‍याइएका छन् । गुजरातको बोतड जिल्लामा भएको यो घटनापछि अनुसन्धानका लागि प्रहरीले १० जनालाई हिरासतमा लिएको छ । उनीहरूमाथि नक्कली रक्सी बनाएर बेचेको आरोप छ ।

मृतकमध्ये एकजनाकी श्रीमतीले बताएअनुसार, आइतबार नक्कली रक्सी पिएपछि उनका पति बिरामी भएका थिए । नक्कली रक्सी पिएका कारण अस्पताल भर्ना भएका हिम्मतभाइ नामका एक व्यक्तिले आफूजस्तै धेरै मान्छे बिरामी भएको बताए ।

बोतड जिल्लाको रोजिन्द, अणीयाणी, आकरू, चन्दरवा, उन्चडी गाउँका मानिसहरू बिसालु रक्सी पिएर बिरामी भएका भारतीय मिडियाले लेखेका छन् । सबै गाउँमा त्रास फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

२०८१ साल वैशाख २८ ग ...

काठमाडौं । आज २०८१ साल वैशाख २८ गते शुक्रबार तदनुसार सन् २०२४ मे १० तारिख। वैशाख शुल्क पक्षको अक्षय ...

संघीय संसद्को बर्ख ...

काठमाडौं । बजेट अधिवेशन भनिने संघीय संसद्को बर्खे अधिवेशन शुक्रबार शुरु हुँदैछ। दुवै सदनको बैठक नया ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved