इथियोपियाका दुई करोडभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो

  • श्रावण २०, २०७९
  • कालापानी मिडिया
alt

                                                                  तस्विर युनिसेफ


एजेन्सी । इथियोपियाका दुई करोडभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्टसङ्घले जनाएको छ। संयुक्त राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय एजेन्सी, ओचाले दुई करोडभन्दा बढी इथियोपियालीलाई मानवीय सहायताको खाँचो रहेको पाइएको बताएको हो।

सन् २०२२ मा यी इथियोपियालीलाई उक्त सहयोग आवश्यक रहेको पनि बताइएको छ। प्राप्त समाचारअनुसार यसरी सहायताको आवश्यकता परेका मानिसहरुमध्ये कम्तीमा पनि दुई तिहाई जति महिला तथा बालबालिका रहेका छन्।

सन् २०२१ मा इथियोपियाको मानवीय अवस्था निकै खस्किँदो रहेकाले मानवीय सहायताको खाँचो यस वर्ष झन् धेरैलाई परेको सो एजेन्सीले बताएको छ। त्यहाँ आन्तरिक द्वन्द्व, खडेरी तथा कतै बाढी पहिरोका कारण यहाँका नागरिकमा मानवीय सहायताको खाँचो बढ्दै गएको पाइएको ओचाले जनाएको छ।

केही वर्षदेखि त्यहाँ आन्तरिक द्वन्द्व जारी रहेको छ। त्यस्तै खडेरी आदिका कारण पनि त्यहाँ खेती उब्जनीमा समस्या परेको छ। जसका कारण मानवीय सहायताको खाँचो झन् बढ्दै गएको पाइएको समाचारमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

२०८१ साल वैशाख २८ ग ...

काठमाडौं । आज २०८१ साल वैशाख २८ गते शुक्रबार तदनुसार सन् २०२४ मे १० तारिख। वैशाख शुल्क पक्षको अक्षय ...

संघीय संसद्को बर्ख ...

काठमाडौं । बजेट अधिवेशन भनिने संघीय संसद्को बर्खे अधिवेशन शुक्रबार शुरु हुँदैछ। दुवै सदनको बैठक नया ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved