बिहारका मुख्यमन्त्री नीतीश कुमारद्वारा राजीनामा, अहिलेको गठबन्धन छोड्न चाहेको भनाइ

  • श्रावण २४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ । उनले राजीनामा बुझाएपछि पार्टीका सबै विधायक र सांसद अहिलेको गठबन्धनबाट अलग हुन चाहेको बताए ।

गठबन्धनमा संलग्न भारतीय जनता पार्टी (बीजेपी) सँग मतभेद बढेपछि जनता दल युनाइटेडले आज विधायक र सांसदको बैठक बोलाएको थियो । लोकसभाका सांसद र सबै विधायकसँगको बैठकमा अहिलेको गठबन्धन एनडीए छाड्नुपर्छ भन्ने विचार आएकोले त्यसलाई स्वीकार गरेर आफूले राजीनामा दिएको उनले बताए। अब नितिश कुमारले राष्ट्रिय जनता दलको समर्थनमा नयाँ सरकार बनाउने विश्वास गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

कांग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमार नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने सङ्केत गरेका छन् । यसैबीच भारतीय जनता पार्टीले भने गठबन्धन तोड्दै मुख्यमन्त्रीले दिएको राजीनामा बिहारका नागरिक र पार्टीबीच धोका भएको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

२०८१ साल वैशाख २८ ग ...

काठमाडौं । आज २०८१ साल वैशाख २८ गते शुक्रबार तदनुसार सन् २०२४ मे १० तारिख। वैशाख शुल्क पक्षको अक्षय ...

संघीय संसद्को बर्ख ...

काठमाडौं । बजेट अधिवेशन भनिने संघीय संसद्को बर्खे अधिवेशन शुक्रबार शुरु हुँदैछ। दुवै सदनको बैठक नया ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved